काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बस्ने मन्त्रिपरिषद बैठकबाट नेपाल वि´द्युत प्रा´धिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुनसक्ने बताएका छन्। कुलमानको पुनर्नियुक्ति हुने वा नहुने अ´न्योलका बीच आज बस्ने मन्त्रिपरिषद बैठकबाट नियुक्त हुन सक्ने उनले बताए।
‘मैले उहाँको (कुलमान) को पुनर्नियुक्तिको प्रस्ताव आईतबारै लगेको हुँ,’ मन्त्री पुनले भने, ‘सोमबारको नियमित मन्त्रिपरिषद बैठकले नियुक्त गरेन। सम्भवतःआज बस्ने मन्त्रिपरिषद् बैठकले नि´युक्त गर्न सक्छ।’
प्रधानमन्त्रीले वि´द्युत प्रा´धिकरण कार्यकारी निर्देशकको पुनर्नियुक्तिका विषयमा का´नुनी प्रक्रिया के रहेछ भन्ने बुझ्छु भनेकाले ढि´लाइ भएको मन्त्री पुनले स्पष्ट पारे। अब कुलमानको नि´युक्तिको विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने भएको छ।
चार वर्षे कार्यकाल पूरा गरेर घिसिङले भदौ २९ गते अ´वकाश लिईसकेका छन्। सरकारले घिसिङको पु´नर्नियुक्तिमा ढिलाइ गर्न थालेपछि सडकबाटै वि´रोध हुन थालेको छ। प्रा´धिकरणमा उनको ने´तृत्व रहेका बेला लो´डसेडिङ अ´न्त्य भएकाले उनैलाई पुनःनियुक्त गर्न जनद´वाब बढ्दै गएको छ। point nepal