हाम्रो नेपाल हामी नेपाली मलेसिया कमिटी के गर्दैछ?

लेख - रचना

ज्ञानेन्द्र शाहीले नेतृत्व गरिरहेको अभियान हाम्रो नेपाल हामी नेपाली ,जब यो अभियान सुरुवात भयो प्रत्येक देशमा कमिटी हरु बनेका छन्,जिल्ला ,र गाउँ गाउँमा बन्ने क्रममा छन्,त्यस्तै एउटा कमिटी मलेसियामा पनि छ, ज्ञानेन्द्र शाहीले मलेसिया बाट गंगा सुबेदिको नाम लिएको पटकपटक देखेका छौ, र आज गंगा सुवेदी जि संग संजाल मार्फत नै भएपनि संवाद गरेको छौ,

१- तपाईंले अभियान छाड्नु भएको हो?तपाई एउटा प्रभावशाली मान्छे सबैले आशा गरेको थिए,किन छड्नु भयो ?
गंगा सुवेदी- मैले अभियान छाडेको भन्नाले , मलेसिया कमिटीको नेतृत्व मात्रै छाडेको हु। यसलाई मानिसले आफ्नो तरिकाले बुझेका मात्रै हुन्, अभियानमा पुर्ण रुपमा छाडेको भए , अहिले पनि म मलेसिया कमिटी हुने थिइन, मेरो आफ्नो समस्या , व्याक्तिगत भएको हुनाले , नेतृत्व गर्न सक्दिन भनेको मात्रै हो, अहिले नेतृत्व दिपक जि ले गरिरहनु भएको छ,

२- अभियानमा अवसर नमिलेर छाडेको भन्ने कुरा पनि सुनिन्छ नि, त्यसलाई कसरी लिनुहुन्छ?
गंगा सुवेदी- पहिलो कुरा म अवसर बादि हैन,र कुनै आशा पनि बोकेको छैन भोलि केही पाउछु भन्ने,, जब म सम्योजकको भूमिका निभाउदै गर्दा, हामिले गर्ने सहयोग ,म झापा,या मेरो क्षेत्रमा पनि पठाउन सक्थे ने? यदि मलाई अवसरको आवश्यकता थियो भने, तर मैले कञ्चनपुर किन रोजे? यसबाट पनि प्रष्ट हुन्छ ,मलाई अवसर चाहिदैन भन्ने,

३- लेनदेनमा विवाद भएर पछि गंगाले अभियानमा सक्रियता देखाएन भन्छन् नि?
गंगा- सबैलाई यहि भ्रम छ,लेनदेनमा कमिटी र संस्थाको केही हात छैन र म आरोप पनि लगाउदिन, लेनदेन भन्दा पहिले नै मैले केन्द्रलाई अनुरोध गरिसकेको थिए,नेतृत्व परिवर्तन गरौ भनेर,लेनदेन संग यसलाई जोड्नु मुर्खता हुन जान्छ,हो स्विकार्न सक्छु, केही अवसरवादि हरुले यसलाई लेनदेन संग जोडेर टिप्पणी गरिरहेका पनि छन्, तर मलाई यसले फरक ,पर्दैन , यात्रामा कहिलेकाही यस्तो हुन्छ,

।४-मलेसिया कमिटीमा रहेर तपाईंले के गर्नु भएको छ, जानकारी दिन मिल्छ?
गंगा सुवेदी- मलेसिया कमिटीमा रहेर गंगाले गरेको हैन, हामी सबै परिवारको सदश्य भएर नै हो गरेको, हामीले पदलाई मुख्य मान्दैनौं ,पद एउटा माध्यम मात्रै हो, जति सहयोग भएको छ, त्यसको सम्पुर्ण आभार त मलेसिया कमिटी र त्यस भित्र रहनु भएको मेम्बर हरुलाई जान्छ, हामीलाई १० रुपैयाँ पनि ठुलो रासि हुन जान्छ,किनभने हाम्रो तलब कम हुन्छ,परिवार पनि हेर्नुपर्छ , तर पनि सकेसम्म मलेसिया कमिटी परिवारका सदश्य हरुले हातेमालो गर्नुहुन्छ त्यहि नै खुसीको कुरा हो,

५के कती सहयोग भएको छ,अनि त्यो सहयोगको पारदर्शिता पनि खोज्नु भएको छ?
गंगा सुवेदी- हामीले यति सहयोग गरेको छौ उति गरेको छौ भनेर कहिल्यै घमण्ड गरेर हिडेका छैनौं ,हामीले मात्रै अभियान लाई मात्रै फोकस गरेको छैनौं ,सकेसम्म हाम्रो क्षमताले भ्याएसम्म बिदेश दुख पाएका हरुलाई पनि सहयोग गरिरहेको छौं ,अरु कमिटीले आर्थिक बढि दिए होलन्, तर मलेसिया कमिटी भित्र बाज जति उद्दार र सामाजिक कार्य भएको छ, अन्य कुनै कमिटी बाट त्यति भएको छैन , यो चै ठोकुवाका साथ भन्न सक्छु, हामीले अहिलेसम्म देखाएको विवरण भनेको , कञ्चनपुरमा हिरा बोहरा मार्फतको रकम,अभियानको लागि ,राष्ट्रिय आविष्कार केन्द्रको लागि, भोजपुरमा केही रकम, भर्खरै पनि दार्चुलामा बाडि बाट सबै गुमाएका नानीहरू लाई पनि गर्यौ, अभियानको लागि साउण्ड सिस्टम , लगायत,, बाकि आफ्नो ठाउँमा छन् प्रचार गर्न चाहान्नौ,,

६-अबको दिनमा कस्तो किसिमले चल्छ त मलेसियामा कमिटी? योजना हरु के छन्?
गंगा सुवेदी-मलेसिया कमिटीमा अहिले दिपक बम जि हुनुहुन्छ ,उहाँ पनि क्षमतावान युवा नै हुनुहुन्छ , उहाले अवश्य पनि सम्हाल्दै जानुहुन्छ भन्ने मा आशावादी छु,र दिपक जि को पछाडि म पनि खडा छु,मलेसिया कमिटिमा बादल लागेको मात्रै हो घाम डुबेको छैन,बादलले घामलाइ सदैब छेक्न सक्दैन ,तर हामीले बिपद कोष खडा गरेको छौ, जे जति सहयोग गर्न सक्छौ ,यो निरन्तर रहने छ,जसबाट नितान्त पिडितलाइ।सहयोग हुनेछ,जति सक्छौ ,

७अन्तिम प्रश्न, तपाईंको पुन कमिटीमा सक्रियता हुन्छ या हुन्न? गंगा सुवेदी- सक्रियता हुने चान्स खासै देख्दिन,,यदि अभियानले दिएको खण्डमा सदश्यता कार्ड चै लिनेछु,तर अभियानमा प्रतक्ष्य नदेखिए पनि समर्थन र गलत पक्षको टिप्पणी चै गरिरहने छु धन्यवाद ,
*तपाईं लाई यो अंश कस्तो लाग्यो ? प्रतिक्रिया दिनु होला,धन्यवाद, सम्प्रेषण-कोरिया,

Leave a Reply

Your email address will not be published. Required fields are marked *