तल्लो तलाबाट ८० मा किनेको प्याज माथिल्लो तला लगेर १५० मा बिक्री !

ताजा खबर

काठमाडौं- हरित सामुदायिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १ सय ५० रुपैयाँ किलोमा प्याज बेचिन् ।उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी शालिकराम दुलालबाट किनेकी थिइन् । त्यो प्याज शालिकरामले कति मू’ल्यमा किने त ? बिल भेटिएन । उनी आफूले फरक फरक समयमा कहिले ६५ रुपैयाँमा र कहिले ७० रुपैयाँमा किनेको बताइरहेका थिए ।

‘गाडीमा प्याज बोकेर आउँछन्, बेच्छन् । पैसा लिएर जान्छन् । उनीहरु बिल नै दिँदैनन्,’ दुलालको भनाइ थियो । यति सोधखोज गर्दा अनुगमन टोली हो भन्ने थाहा पाएर नाज्दाले किलोको ५० रुपैयाँ घटाएर १०० रुपैयाँमा प्याज बिक्री गर्न थालिन् । यो का,रोबारमा कसैले बिल लिए वा दिएको छैन ।तीनकुनेको कुषि बजारमा १ सय २८ वटा तरकारीका स्टल छन् । बाहिरपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुद्रा व्यापार हुन्छ । हरित कृषि सहकारीले स:ञ्चालन गरेको बजारमा होलसेल पसलहरु दर्ता भएका छैनन् । परिचय पाटी राखिएको छैन । खरिद बिक्री बिलबिना का-रोबार भइरहेको छ । नापतौलको प्र:माण पत्र पनि छैन ।

यसरी स:ञ्चालन गरिएकामध्ये आजबाट ३ वटा होलसेल पसलको का-रोबार रो-क्का गरिएको छ । महानगरको उपभोक्ता हित सं´रक्षण समितिको अनु’गमन टोलीले महानगरीय प्र’हरी वृ’त्त तीनकुनेका प्र’हरी नायव निरीक्षक विनोद बिक्रम बस्नेत, सहकारीका कार्यकारी प्र’मुख कोमलचन्द्र बरालको रोहबरमा, वाणिज्य आ_पूर्ति तथा उपभोक्ता हित सं’रक्षण बिभागबाट लिखित रुपमा व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएसम्मलाई का’रोबार रो’क्का गरेको हो ।

यसरी रो’क्का हुनेमा शालिकराम दुलालले स’ञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्योतीनाथ तुलाधरले स’ञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले स’ञ्चालन गरेको दर्ता हुन बाँकी होलसेल रहेका छन् । उलक सब्जी स्टोरमा आलुका बोराले छोपेर १३ बोरा प्याज भण्डार गरिएको थियो ।प्याजको भाउ बढेपछि कहाँबाट प्याज ल्याउने भनेर सोचिरहेका बेला कालीमाटीका व्यापारीले प्याज पठाइदिएको तीनकुनेका व्यापारीको भनाइ छ ।अनुगमनमा उपभोक्ता अ’धिकार अ’नुसन्धान मञ्च, वाणिज्य आ’पूर्ति तथा उपभोक्ता संर’क्षण विभाग, स्थानीय प्र हरी, नगर प्रmहरीका प्र’तिनिधि थिए ।source taja khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *