सरकारले तोकेको हवाई भाडादरभन्दा बढी लिएर टिकट बेचियो

ताजा समाचार

युएई : धादिङकी रोजिना गुरुङले दुबईबाट नेपाल फर्कनको लागि दुई हजार १ सय ५० दिर्हाम अर्थात् करिब (७० हजार रुपैयाँ) को हवाइ टि`कट किनिन् । दुबईबाट जा`री गरिएको नेपाल एयरलाइन्सको हवाई टि`कटमा सम्बन्धित ट्राभल्स एजेन्सीको नाम उल्लेख छैन । उनले आफ्नै कम्प`नीको नेपाली सु`परभाइ`जर मार्फत टि`कट लिएको थिईन् ।झापाका दिपक दाहालले अलऐनको एक ट्राभल्स एजेन्सीबाट झण्डै २ हजार दिर्हा`म अर्थात् करिब (६५ हजार रुपैयाँ) मा नेपाल जाने टि`कट किने ।

हिमालय एयरलाइन्सको भा`डादर नेपाल सरकारले १ हजार ४ सय २० दिर्हाम तोकेको मुल्यमा झण्डै ६ सय दिर्हा`म उनले बढी तिरे । यद्यपि नेपाल सरकारले उ,द्दार उडा,नलाई तत्का,ल र`द्द गरेको हुनाले उड्`न पाएका छैनन् । नेपाल सरकारले नेपाल एयरलाइन्सको १ हजार ३ सय २० दिर्हाम,अर्थात करिब (४३ हजार रुपियाँ ),हिमालयन एअरलाइन्सको १ हजार ४ सय २० दिर्हाम अर्थात करिब (४६ हजार रुपियाँ) र युएईबाट संचा`लित् अन्य एअरलाइन्सहरुको भाडादर ५ सय अमेरिकी डलर अर्थात १ हजार ८ सय ३५ दिर्हा`म तोकेको थियो ।

नेपाल सरकारले मुल्य निर्धा`रण गरे पनि नेपालीहरु तोकि`एको मु`ल्य भन्दा धेरै च`र्को मुल्य ति`रिरहनु परेको त`थ्य खुल्न आएको छ । युएईबाट नेपाल फर्किएका धेरै नेपालीहरुले २ हजार अर्थात करिब (६३ हजार रुपैयाँ) देखि २ हजार ५ सय दिर्हाम (८० हजार रुपैयाँ)सम्म तिरेका छन् । पछिल्लो पटक आगा`मी अगष्ट २९ तारिख हिमालय एयरलाइन्सको उडा`न मार्फत आबुधावीबाट काठमाडौं फर्कन लागेका पी`डित यात्रुहरुसँग पनि प्रति व्यक्ति २ हजार दि`र्हाम अर्थात करिब (६५ हजार रुपैयाँ) लिएको केही तथ्यहरु रातोपाटीले फे`ला पारेको छ ।

यद्यपि सरकारको निर्देशन पश्चात् उक्त उ`डान हाललाई स्थगित भएकोले पैसा बुझाएर बसेका नेपालीहरु अर्को उडा`नको पर्खाइमा छन् । पी,डित हाम्रो सम्पर्कमा आएसँगै हामी समन्धित ट्राभल एजे`न्सीमा पुग्यौं । रातोपाटी स्ट्रीङ अप्रेशनले उक्त ट्राभलबाट आ`बुधा`वी टु काठमाडौंको लागि हिमालय एयरलाइन्सको चार्टर फ्लाइट भा`डादर सरकारले तोकेको शुल्क भन्दा ६ सय दिर्हाम अर्थात् करिब (१९ हजार रुपैयाँ) बढी लिएर बेचि`एको प्रमा`ण फे`ला परेको छ। रातोपाटीसँगको कुराकानीमा ट्राभल्सका एक कर्मचारीले भने,

‘२९ तारिखको हवाई टिक`ट फुल भैसक्यो, तैपनि कोसि`स गर्छौं । तर टिक`ट मुल्य १ हजार ९ सय ७० देखि २ हजार ५० दिर्हा`म पर्छ ।’ हिमालय एयरलाइन्सको (जिएसए) युएईमा ग्रीनल्याण्ड र फिष्टेल ट्राभल्स मात्रै हो । तर सो ट्राभल्सले सम्बन्धित एयरलाइन्सको (जिएसए) प्रमुखसँग ६० सिट खरि`द गरेको भन्दै च`र्को मुल्यमा ठ`गी गरेको पाईएको हो । उक्त ट्राभल एजेन्सीमा नेपाली दू`तावा`स युएईले नेपाल फर्कन सार्वजनिक गरेको ९८ जना नेपालीहरुको नाम र सम्पर्क नम्बर समेत रहेको छ । रिपाट्रेशन फ्लाइट मार्फत नेपाल फर्कन

दूतावा`स युएईले सार्वजनिक गरेको एकि`कृत नामावलीमा अनिबार्य नाम हुनुपर्दछ । तर सो ट्राभसले दू`तावास बाट प्रका`शित नाम समेत आवश्यक नहुने बताएको छ । यता नेपाली दूतावास युएईले सरकारले निर्धा`रण गरेको हवाई भाडादर भन्दा बढि शु`ल्क लिने ट्राभल्स वा टिकट एजेन्सीलाई कारबा`ही गरिने बताएको छ। तर कार्यन्वयन भएको देखिदैन।सरकारले तोकेको भन्दा बढि रकम लिने ट्राभल्स वा टिक`ट एजेन्सीलाई कस्तो कारबा`ही हुने हो,त्यो भने हेर्न बाँकी छ। रातोपाटि बाट साभार गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *