शिक्षामन्त्री पोखरेलसँग प्रधानमन्त्री ओली रुष्ट

ताजा समाचार

शिक्षामन्त्री पोखरेलसँग प्रधानमन्त्री ओली रुष्ट
काठमाडौं, असोज । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको एउटा क´दम र अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली आलोचित भएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी नेपालको नयाँ नक्शासहितको पुस्तक वितरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न निर्देशन दिएको बताएपछि ओलीको आलोचना हुनथालेको छ । यसमा पोखरेलले ओलीलाई वि´वादमा पारिदिए ।

पाठ्यक्रममा भारतसँगको कु´टनीतिक म´र्यादाको प्रश्न उठ्ने सम्मको विषय समेत समेटेर राख्दा यसलाई रोक्न सरकार वाध्य भएको बुझिएको छ । तर, पोखरेलले अ´पजसबाट उम्क´न दो´ष सिधै प्रधानमन्त्री ओलीतर्फ तेर्साइदिए ।प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समावेश गरिएको नेपालको नयाँ नक्शा जारी गरेको जस लिएर राष्ट्रवा´दी पहिचान बनाएकोमा पोखरेलको अभिव्यक्तिले शं´का जन्माइदिएको छ ।

नयाँ नक्शासहितको विवरण भएको पुस्तक वितरण रोक्न लगाएको भनी सम्बन्धित मन्त्रीले नै अभिव्यक्ति दिएपछि बालुवाटार समेत सम´स्यामा परेको छ । यसलाई शिक्षामन्त्रीको अ´परिपक्वता र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै उनलाई का´रबाहीको तयारी भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । उनको भुमिका र अभिव्यक्तिका कारण प्रधानमन्त्री ओली रु´ष्ट भएको बुझिएको छ । ओलीले कुनैपनि बेला शिक्षामन्त्री पोखरेललाई हटाउने सक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

पुस्तकमा नेपालको क्षेत्रफल समावेश भएको र त्यो अ´मिल्दो रहेको कारण त´त्काल रोक्न भनिएको जनाइएको छ । तर, कु´टनीतिक म´र्यादामा आँच आउने खालका शब्दहरु स´मावेश भएकाले यसलाई रोक्न लगाइएको बुझिएको छ । पाठ्यक्रम तयार गर्ने विज्ञहरुले केही शब्द पूर्वा´ग्र´ही भएर राखेको विषय समेतमा बालुवाटारले चासो राखेको बुझिएको छ ।

कुनैपनि देशको पाठ्यक्रममा अर्को देशलाई हो´च्याउने या द्वे´ष फैलाउने विषय समावेश गरिदैन । वि´वादास्पत विषयहरु पनि पा´ठ्य सामाग्रीमा राख्ने प्रचलन छैन । यो विषय बालुवाटारमा ग´म्भीरताका साथ उठेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *