अनुगमन टोली पुगेपछि धुम्बाराहीका तरकारी व्यापारी पसल छोडेर भागे

ताजा समाचार

Gp-post धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे । त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन् । तीमध्ये १ र २ नं. स्टलका व्यापारी थिए । बाँकी पसलमा थिएनन् ।

बजारमा पानी पसेर आलु र प्याज खत्तम बनायो । स्टल २ का व्यापारी बद्री शिवाकोटी भन्दै हुनुहुन्थ्यो- ‘ठूला व्यापारीले गलत गरे होलान् स.मस्या हामी साना व्यापारीलाई हुन्छ । उनको यो भनाइबाट बुझ्न सकिन्छ । अरु व्यापारी अनुगमन टोली आएको खवर सुनेर पसलबाट हिँडेका हुन् ।’

पसल छोडेर गए पनि पङ्खा चलिरहेका थिए । पूजा गर्दा बालेको बत्ती निभेकै थिएन । शिवाकोटीका अनुसार बजारमा पानी पसेर हरेक पसलले कम्तीमा २ लाख रुपैयाँ बराबरको क्ष,ति व्यहोरेका छन् ।

बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यबस्तुलगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका स्टल छन् । तरकारीका लागि मात्रै २०० स्टल छन् । यिनीहरुमध्ये अनुगमन टोली पुग्दा केही पसल बन्द थिए ।

अनुगमन शुरुवात भएपछि क्रमशः एकपछि अर्को गर्दै बन्द गर्न थालिए । किन यसो गरेको प्रश्नको उत्तरमा उनीहरु भन्दै थिए -‘ पानी परेर सामान नआएर बेच्नका लागि सामान छैन ।’ याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *