अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल

पत्रपत्रिका

Gp-post को’भिड–१९ को महा’मारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा

तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बि’चौलियाको नि’यन्त्रण छ ।जसका कारण तरकारी, चिनी, खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य वस्तुको मूल्य ह्वा’त्तै अकासिन पुगेको हो । बजार, यात्रा र वितरण प्रणालीमा सर’कारी निकायको उपस्थिति क’मजोर हुँदा र कु’शासन मौलाउँदा यस्तो अवस्था आएको उपभोक्ता

अधिकारकर्मीको भनाइ छ । बजारमा वस्तुहरूको मूल्य मनलाग्दी बढाइएको छ भने यात्रा गर्दा समेत सर्वसाधारण ठगिने क्रम बढेको छ ।दसैं नजिकिँदै गर्दा व्यापारीले लत्ताकपडामा समेत अस्वाभाविक मू’ल्यवृद्धि गर्दा स’रकारी निकाय मूकदर्शक बनेको आ’रोप सर्वसाधारणको छ । बजारमा अस्वाभाविक रूपमा मू’ल्यवृद्धि हुँदा सर्वसाधारणमा सरकारी निकायप्रति आ’क्रोश बढेको छ

।को’भिडका कारण कैयौंको रोजगारी गुमेको छ भने आर्थिक अवस्था पनि दिन प्रतिदिन क’मजोर हुँदै छ । आम्दानीका स्रोतहरू सुक्न थालेपछि बिहान बेलुकीको जोहो टार्न धौधौ परिरहेको अवस्थामा दैनिक उपभोग्यका वस्तुको मूल्य एकाएक अकासिन पुग्दा सर्वसाधारण नागरिक अ¥त्यधिक मारमा पर्न थालेका हुन् ।

माछापोखरीकी सम्झना राईको परिवारले हिजोआज तरकारी खान छाडेको छ । ज्यालामजदुरी गरेर चार जना परिवारको भरणपोषण गर्दै आइरहेकी राईले तरकारीको मू¥ल्य अत्यधिक बढेपछि दाल र भात मात्रै खाने गरेको बताइन् ।‘मेरो जस्तो सम¥स्या धेरैलाई परेको छ, तरकारी खान नसक्ने अवस्था आएको छ,’ राईले भनिन् ।

राजधानीकै बालाजुका हरिशरण शर्मा पनि दैनिक उपभोग्य वस्तुको मू¥ल्य अकासिँदा जीवन धान्न नै मुस्किल हुँदै गएको बताउँछन् । पेसाले गाडी चालक रहेका उनलाई पाँच जनाको परिवार धान्न निकै मुस्किल हुँदै गएको छ । भन्छन्, ‘तरकारीको मूल्य चार गुणासम्म बढेको छ, अन्य खाद्य वस्तुको मू¥ल्य पनि त्यसरी नै बढेको छ ।

बजारमा मनलाग्दी हुँदा समेत स¥रकारका कुनै निकायलाई केही चासो छैन,’ शर्मा भन्छन्, ‘सरकार के हेरेर बसेको छ ? हाम्रो चुलो बल्नै मुस्किल भइसक्यो ?’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *