दबाबमा प्रधानमन्त्री, मन्त्रिपरिषद् पुनर्गठन तयारी

राजनीतिक

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्ग`ठन गर्ने संकेत गरेका छन् । बिहीबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले पार्टीको नि`र्णय कार्यान्वयन गर्ने क्रममा मन्त्रिपरिषद् पुन`र्गठनलाई बा`ध्यताका रुपमा चि`त्रण गरे । उनले बैठकमा मन्त्रीमध्ये कसैलाई असफल बनाएर हटाउन लागिएको नभई ‘केही साथीलाई बिदा गर्नुपर्ने बा,ध्यता आउन सक्ने’ भनाइ राखेका थिए ।

‘पार्टीको निर्णय कार्यान्वयन गर्ने अव`स्था आएको छ । तपाईंहरू कोही कसैले अन्यथा नमान्नुहोला । कुनै पनि बेला हामीमध्ये केही साथीहरू मन्त्रिपरिषद्बाट बिदा हुनुपर्ने अवस्था आउन सक्छ’, एक मन्त्रीले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भने । ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले कोही असफल भएर हट्नुपर्ने बा`ध्यता नभएको तर पार्टीको निर्णय कार्यान्वयन गर्दा हेरफेर हुनसक्ने बताएका थिए । निकै लामो समयसम्म सञ्चालित बैठकमा प्रधानमन्त्रीले निकै बेर आफ्ना कुरा राखेका थिए । ‘प्रधानमन्त्रीज्यू विषयमा धेरै बेर आफ्ना धारणा राख्नुहुन्छ त्यही भएर पनि बैठक ढि`लासम्म भएको हो’, एक मन्त्रीले भने ।

मन्त्रिपरिषद् बैठक बस्नुअगाडि दिउँसो नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच तीन घण्टा छलफल भएको थियो । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्ग`ठनबारे सह`मति भएको स्रोतले बतायो । तत्का`ललाई अर्थमन्त्री नियु`क्त नगरी बाँकी मन्त्रालयमा रहेका मन्त्री हेरफेर तथा नयाँलाई जिम्मे`वारी दिने तयारी भइरहेको स्रोतको दा`बी छ । याे खबर नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *