रोकिएका लोकसेवाका परीक्षा सञ्चालन हुँदै : कुन परीक्षा कहिले ?

ताजा खबर

काठमाडौं : कोरोना संक्र`मणका कारण रोकिएका लोकसेवा आयोगका परीक्षा सञ्चालन हुने भएका छन् । लोकसेवाले सूचना जा`री गरि रोकिएका परीक्षाको कार्य तालिकाका सार्वजनिक गरेको छ।

असोज अन्तिम साताबाट परीक्षाको कार्यतालिका लोकसेवाले ल्याएको छ। सहसचिव, उपसचिव शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

नेपाल कृषि सेवा लाइभस्टक, पोल्ट्री एण्ड डेरी डेभेलोपमेन्ट अन्र्तगत रोकिएको सहसचिव र उपसचिवको परीक्षा असोज २७ र २८ गते हुनेछ।

नेपाल विविध सेवा अन्र्तगतका सहसचिव र उपसचिव असोज २९ र ३० गते हुनेछन्। त्यस्तै न्याय सेवातर्फका शाखा अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ।

व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रति`स्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते सञ्चालन हुनेछ । यसैगरी परराष्ट्र, प्रशा`सन, लेखा परीक्ष`ण र सं`सद सेवातर्फ खुला तथा समा`वेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुनेछ ।

नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुनेछ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जा`री गरेको सूचनामा उल्लेख छ । अन्नपूर्ण पोस्ट बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *