निजीमा पीसीआर शुल्क दोब्बर, कार`बाही गर्न सरकार उदासीन,,,हेर्नुहोस्।

ताजा खबर

काठमाडौं, ११ असाेज । सरकारले पीसीआर परीक्षण शुल्क दुईपटक घटाएर २ हजार रुपैयाँ कायम गरे पनि निजी अस्पताल र प्रयोगशालाले दोब्बर असुलिरहेका छन्। काठमाडौं उपत्यकाका ११ प्रयोगशालाको अनुगमन गर्दा ८ वटाले ३ हजार ९ सय रुपैयाँ लिइरहेको पाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले दुई दिन लगाएर हालै अनुग`मन गरेको थियो। अनुगमनमा सं`लग्न एक स्वास्थ्यकर्मीका अनुसार सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरी एन्ड रिसर्च सेन्टर, इन्टरपिड डायग्नोस्टिक सेन्टर, डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टर, सूर्या हेल्थ केयर सेन्टर, बी एन्ड बी अस्पताल, ह्याम्स अस्पताल, नेपाल मेडिसिटी र स्टार अस्पतालमा रहेका प्रयोगशालाले तोकेभन्दा बढी शुल्क लिइरहेका छन्। यस्ता प्रयोगशालाले बढी शुल्क असुलेको उजुरी मन्त्रालयमा परेको थियो।

‘सरकारी मापदण्ड लत्याएको पाइयो। अधिकतम २ हजार शुल्क लिनुपर्नेमा ३ हजार ९ सय रुपैयाँ असुलेको पाइयो’, अनुगमनमा सं`लग्न एक कर्मचारीले भने। अनु`गमनका क्रममा बिद ल्याबोरेटरी, काठमाडौं मेडिकल कलेज र नेपाल–कोरिया जनमैत्री अस्पतालले भने तोकिएकै शुल्क लिइरहेको पाइएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पीसीआरमा प्रयोग हुने रिएजेन्ट, किट, स्वाब संक`लन गर्ने भीटीएमदेखि पीपीईलगायत सामग्रीको मूल्य घटेपछि भदौ २८ गते शुल्क घटाइएको हो। तर, निजी प्रयोगशाला सञ्चालकले असोज ५ गतेदेखि ३ हजार ९ सय शुल्क लिइरहेको पाइएको अनुगमनमा सं`लग्न स्वास्थ्यकर्मीले बताए। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *