आजको राशिफल : असोज १२ गते, सोमबार

राशिफल

वि.सं.२०७७ साल असोज १२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–द्वादशी,३९ घडी ३५ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–धनिष्ठा,४६ घडी २३ पला,रातको १२ बजेर २८ मिनेट उप्रान्त शतभिषा । योग–धृति,४० घडी ३१ पला,बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त शूल ।

करण– बव,बिहान ०९ बजेर ३४ मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मकर,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान ३० घडी ५० पला । धनिष्ठा पञ्चक आरम्भ । रेबिज बिरु,द्धको दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा अर्थ संग्रह गर्न सकिने हुुदा तथा आर्थिक अवस्था राम्रो रहने हुदा अर्थ व्यापारमा लगानि गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानि हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुने समय रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा लगानि गर्नुभन्दा अगाडि आफन्त तथा अग्रजसँग सल्लाह गर्नुहोला समय मध्ययम रहेकोछ । सरकारि सेवामा बसेर सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगरि दिदा महत्वपुण अवसरबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला । बिहानको समय राम्रो रहेकोले अध्ययनमा सुधार हुने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाई बिद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारि तथा प्र’शासनि क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धो’का हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दु’ख पाईनेछ । सामान्य स्वास्थमा स’मस्या आई उप’चार खर्च बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले अध्ययनमा प्रविधिको प्रयोग मार्फत मनग्गने धन आर्जन गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँ आफ्न्र प’क्षमा हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले सां’गठनिक टिम निर्माण गरि काम गरिएपनि एक अर्काको बिचार नमिल्दा केहि दिनको लागि काम बन्द हुनेछ । महिला मित्र तथा बिपरित लि’ङगसँग पनि म’तभेत देखिने प्रशस्त सम्भावना रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढिनै उत्साहित हुँदा नराम्रा घ’ट्नाहरुको सामना गर्नु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययनमा सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष क’मजोर रहनेछ । कुनैपनि वि’वादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नुनै राम्रो रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रमाईलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानि गरिन मनग्गे आम्दानि हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाईने हुँदा पन प्रशन्न रहनेछ । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वा’स्थ्यमा देखिने स’मस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । रा’जनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले गित संगितको क्षेत्रमा समय लगानि गर्नेहरुका लागी समयले साथ दिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित पेशा व्यावसायमा आव’द्ध रहनु भएकाहरुका लागी समयले साथ दिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वा’स्थ्यमा स’मस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि वि’वाद तथा अ’दालति पक्रियामा सामेल नहुनु होला तपाईको पक्षमा निर्णय नआउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्ब सँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । गित संगितमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वा’स्थ्य सम्बन्धी स’मस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ वातावरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गतिसँगै बढ्न सक्दा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरिको यात्राको प्रवल सम्भावना रहेकोछ ।न्युज२४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *