भागबन्डा मिलाउनकाे लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

ताजा समाचार

काठमाडौं, १२ असाेज । सत्तारूढ दल नेकपामा भा`गबन्डाका लागि तीन मन्त्रालय टुक्र`याइने भएको छ। तीन मन्त्रालय टुक्र`याएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पक`मल दाहालबीच सह`मति जुटे`को स्रो`तले जनाएको छ।

संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्र`याएर आन्तरिक भागब`न्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्। यसो गर्दा अब उद्योग वाणिज्य तथा आपू`र्ति मन्त्रालय टुक्र`याएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्र`याएर ऊर्जा र सिँचाइ तथा नदी निय`न्त्रण मन्त्रालय बनाइने भएको छ। भौतिक पूर्वा`धार तथा यातायातलाई पनि टुक्रयाएर भौ`तिक पूर्वाधार र यातायात तथा रेल मन्त्रा`लय बनाउने गरी समझदारी बनेको छ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापद`ण्ड, पूर्वसमूहका आधारमा भागब`न्डाको संख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै पात्रका नाममा समझ`दारी खोजिने भएको छ । त्यसपछि मन्त्रिपरिषद् बैठक राखेर नि`र्णय लिने तयारी दुई अध्यक्षबीच छ।

अहिले २१ वटा मन्त्रालय छन्, अब २४ हुनेछन्। प्रधा`नमन्त्री तथा मन्त्रिपरिषद्को का`र्यालयसहित २५ मन्त्रालय बनाउने गरी दुई अध्यक्षबीच सम`झदारी बनेको स्रोतको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । न्युज२४ नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *