ओली सरकारलाई अब घेर्नुपर्छ: देउवा

बिचार बिमर्श

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृ`त्वको सरकारले भ्रष्टा`चारलगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दो`लन गर्नुपर्ने अवस्था आउने बताएका छन्।

सरकारले अप्रजा`तान्त्रिक काम गरिरहेकोले आ`न्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ छ। नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले अति बद`मासी गरेको छ।

हाम्रा साथीभाइलाई धरप`कड गरेको छ।’ ओली ने`तृत्वको सरकारले कर्मचारीलाई पनि ध`म्क्याउने, तर्साउने काम गरिरहेको आरोप देउवाको छ।सरकारले जथाभावी गरेको छ। कर्मचारीलाई ध`म्क्याएर तर्साएर राखेको छ। हाम्रो पालामा त यस्तो गरेको थिएन,’ उनले भने।

उनले ओली सरकारलाई तह लगाउनुपर्ने पनि बताए। ‘ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ,’ देउवाले भने। कोरोना म`हामा`री रहेकोले अहिले नै सरकारवि`रूद्ध आन्दोलन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘मैले पहिल्यै कम्युनिष्टले जिते देशलाई ख`तरा हुन्छ भनेकै हो,’ देउवाले भने, ‘कोरोना नआएको भए देशैभरि जुलुस गर्ने यो`जना थियो मेरो। को`रोनाका बेला आ,न्दोलन गर्न भएन।’ सेतोपाटि बाट साभार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *