सर्वोच्च अदा`लतकाे आदेश- ५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू,,,,पुरा पढ्नु होस् ।

ताजा खबर

काठमाडौं, १३ असाेज । सर्वोच्च अदा`लतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ।

न्या`याधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल अ`सरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो।

यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ गर्न पनि सर्वोच्चले सरकारका नि`कायलाई आदेश दिएको छ। गत माघमा भएको फै`सलाको सोमबार सार्वजनिक पूर्ण पाठमा यस्तो उल्लेख छ।

‘एकपटकमा पाँच लिटरसम्म रक्सी र दस लिटरसम्म जाँड वर्षमा ६ पटक पाउने भनी कानुनले गरेको व्यवस्थाअनुरूप नै सूचनादाताहरूले उत्पादन गरे÷नगरेको प्र`भावकारी अनुग`मन गर्ने व्यवस्था मिलाउनू’, फै`सलामा लेखिएको छ, ‘इजाजतपत्रवालाले प्रत्येक बोतलमा अन्तशुल्क टिकट टाँसेको मदिरा मात्र बिक्री गरेको छ वा छैन भन्ने प्र`भावकारी अनु`गमन गरी कानुनको कार्या`न्वयनलाई प्र`भावकारी बनाउनू।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *