दुई छोरा पढाउन लाग्ने शिक्षण शुल्क नतिरेपछि स्कुल सञ्चालकले भाँचिदिए अभिभावकको खुट्टा

दुखद

गौरादह पोस्ट,, शुल्क नतिरेको भन्दै बोर्डिङ स्कुल सञ्चालकले भाँ,चिदिए अभिभावकको खुट्टालुम्बिनी सिटी अस्पताल बुटवलमा उपचाररत कृष्णप्रसाद शर्मा ।

बुटवलस्थित लुम्बिनी सिटी अस्पतालको सर्जिकल वार्डको बेड नं. २०८ मा छन्, नवलपरासी पश्चिम सुस्ता गाउँपालिका- ३ पत्थरकलाका कृष्णप्रसाद शर्मा । प्रेसर बढी छ, बोल्न सक्दैनन् । बेडमा पुग्ने जो कसैसँग उनका बारेमा गु,नासो पाख्दिन्छन् उनका छोरा लक्षमण भरतले ।

२२ दिनदेखि सर्जिकल वार्डमा रहेका कृष्णको दायाँ खुट्टा भाँ,चिएको छ । दुई छोरा पढाउन लाग्ने शिक्षण शुल्क नतिरेपछि नवपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका- ६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिश बोर्डिङ स्कुलका सञ्चालक एवं प्रधानाध्यापक दीपक कुँवरले कृष्णको खुट्टा भा,चिने गरी कु,ट,पि,ट गरेका हुन् । यो घट,ना गत साउन २८ गतेको हो ।

२८ गतेदेखि लुम्बिनी सिटी अस्पतालमा उपचारर्थ कृष्णको उपचारमा २ लाख ५० हजारभन्दा बढी रकम खर्च भइसकेको छ । शल्यक्रिया गर्नु परेकाले धेरै रकम खर्च भएको पीडित कृष्णका छोरा लक्ष्मणले बताए । चिकित्सकले १९ भदौमा डिस्चार्ज दिए पनि कृष्ण डिस्चार्ज हुन सकिरहेका छैनन् । आर्थिकस्थित कमजोर रहेका उनी अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न नसक्दा अस्पतालको शय्यामा बसिरहेका छन् ।

कृष्णका दुई छोरा रामप्रसाद र लक्ष्मणले उज्जवल शिशु इंग्लिश बोर्डिङ स्कुलमा कक्षा ८ देखि पढे । कक्षा ८ र ९ मा अध्ययन गर्दा उनीहरूले सबै रकम तिरे । कक्षा १० को आधा रकम मात्र विद्यालयलाई तिर्न बाँकी थियो । छोरा लक्ष्मणअनुसार विद्यालयलाई जम्मा ३५ हजार बुझाउन बाँकी छ । तर, यो रकम हालैको शिक्षण शुल्क भने होइन । तिर्नुपर्ने रकम २०६९ सालको हो ।

राम र लक्ष्मणले ०६९ सालमा कक्षा १० मा अध्ययन गर्दा लागेको खर्च हालसम्म पनि कृष्णले रकम तिरेका थिएनन् । किनकि प्रधानाध्यापक कुँवरका भाइ प्रकाश कुँवरले परीक्षामा फेल भएमा पैसा नलिने बताएका थिए । अध्ययनकै क्रममा दुई छोरा कक्षा चढ्न सकेनन् ।

कक्षा नचढे पनि कृष्ण ५० प्रतिशत भए पनि रकम तिर्ने बताउँदैआएका थिए । तर, प्रधानाध्यापक कुँवरले भने धर्मशाला नभएको भन्दै सबै शुल्कको माग गर्दै आएका थिए ।कृष्णले आधा भए पनि रकम तिर्ने र बाँकी विषय प्रधानाध्यापक कुँवरका भाइ प्रकाशसँग बसेर टुंगाउने बताउँदै आएका थिए ।

यस्तोमा २८ साउनमा कृष्ण घरबाट केही टाढा रहेको रानीनगर बजारमा भान्सा कोठाको सामान लिन जाँदैगर्दा घरदेखि ३ किलोमिटरको दुरीमा बाटोमा कुँवरले कृष्ण माथि कु,ट,पि,ट गरेको उनका छोरा लक्ष्मण आचार्यले बताए ।‘बुवाले १० हजार लकडाउन खुलेपछि तिर्छु भन्नुभएको रहेछ । तर, पनि सबै पैसा भर्खर चाहिन्छ भन्दै कु,ट,पि,ट गरेछन्’ उनले थपे, ‘विद्यालय मेरो धर्मशाला होइन भन्दै कु,टिरहे ।’

छोरा लक्ष्मणले घरदेखि ३ किलोमिटरको दुरीमा सोही विद्यालयका लेखापाल बावुराम सुवेदीको घरनजिकै कुँवरले खुट्टा भाँचिनेगरी कु,ट,पि,ट गरेको बताए । कु,ट,पि,टपछि कुँवरले आफूहरूलाई कुनै पनि सम्पर्क नगरेको समेत उनले बताए ।

दिउँसो ४ बजे कु,टपिट गरेका कृष्णलाई राति ८ बजे बुटवलमा उपचारका लागि ल्याइएको थियो । घट,नापछि पी,डित परिवारले स्थानीय तहमा उ,जुरी दिँदा नलिएको बताएका छन् । त्यसपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा उ,जुरी दर्ता गरेको छोरा लक्ष्मणले बताए ।

पीडितले ९ भदौमा मात्रै जिल्ला प्र,हरी कार्यालय नवलपरासी (पूर्व) कावासोतीमा कुँवरविरुद्ध कु,ट,पि,ट तथा अङ्ग भङ्ग सम्बन्धी कसूरमा उ,जुरी दर्ता गरेको प्र,हरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । उनले मु,द्दा दर्ता भएकाले अ,नुसन्धान प्रक्रिया अघि बढाइएको र पीडकको खोजी कार्य भइरहेको बताए ।

छोरा लक्ष्मणले उप,चारमा लागेको सम्पूर्ण खर्च व्यहोर्दै का,नुनअनुसार स्कुल संचालक कुँवरमाथि का,रबाही हुनुपर्ने बताए । कुँवरसँग पटकपटक सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *