हरियो खुर्सानी भिजाएको पानी पिउँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा

रोचक

हरियो खुर्सानी प्रत्येकको भान्सामा प्रयोग गरिन्छ । धेरै मान्छेहरू खानासँग हरियो खुर्सानी खान रुचाउँछन् । यसले खानामा स्वाद मात्र ल्याउँदैन, ठिक मात्रा खाने हो भने हरियो खुर्सानीले मानव स्वास्थ्यमा अनेकौं फाइदा पुर्‍याउँछ ।

हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ ।हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ । मुटुरोग, पेट दुख्ने स;मस्या जस्ता समस्याबाट यसले छुटकारा दिलाउने स्वास्थ्यसम्बन्धी गरिएका अनेक अध्ययनहरुले देखाएका छन् ।

हरियो खुर्सानीमा एन्टीअक्सिडेन्ट हुन्छ । यसले शरीरलाई बाह्य किटाणुहरूको आ;क्रमणबाट बचाउछ । यसले प्रोटेस्ट ग्रन्थीको समस्यालाई पनि टाढा भगाउछ
हरियो खुर्सानीमा गरिएका कतिपय अध्ययनहरूले यसमा भिटामिन सी र बिटा क्यारोटिन हुने तथ्य सार्वजनिक गरेका छन् । यी तत्वहरूले आँखा स्वस्थ राख्न मद्दत गर्छन् भने रोग प्रतिरोधात्मक क्ष;मतालाई बढाउने काम गर्छ ।

हरियो खुर्सानीले रगतमा चिनीको मात्र सन्तुलित गर्न महत्वपूर्ण भूमिका खेल्छ । यदि कसैलाई मधुमेह भएको छ भने हरियो खुर्सानीको सेवनले फाइदा हुने बताइन्छ ।हरियो खुर्सानीमा फाइबरको मात्रा हुने हुनाले यो कब्जियत हुनेहरूका लागि पनि फाइदाजनक मानिन्छ । हरियो खुर्सानीले कतिपय प्रकारका क्यान्सरहरू पनि निको गराउन मद्दत गर्छ ।

राति सुत्ने समय भन्दा केही पहिला २/३ वटा हरियो खुर्सानीलाई धोएर बीचबाट काट्ने र एक ग्लास पानीमा भिजाएर राख्ने अनि बिहान उठेर उक्त पानी सेवन गर्नाले पेटको समस्याबाट मुक्ति मिल्ने अध्ययनहरूले पुष्टि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *