सिमाको रक्षा नागरिकले गर्नुपर्छ, सरकारलाई मात्र भन्ने होइन :गृहमन्त्री

ताजा समाचार

गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्र`भावकारी रुपमा गर्न सकिने बताएका छन् । दार्चुलाको खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सीमाको र`क्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।” सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने उनको भनाइ छ ।

दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनी`तिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताए । उनले यस क्षेत्र पर्यटनको ठूलो स,म्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभा`वकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताए ।

गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्ला`हकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत सहभा`गी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *