बाबुरामले खुल्लामञ्चमा सर्वसाधारणलाई खाना खुवाए,,,हेर्नुहोस् ।

ताजा खबर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले राजधानीको खुल्लामञ्च पुगेर सर्वसाधारणका लागि खाना खुवाएका छन् । बुधबार बिहान खुल्लामञ्च(पुरानो बसपार्कस्थल) पुगेर नेता भट्टराईले सर्वसाधारणलाई खाना खुवाएका हुन् ।

कोरोना म`हामा`रीका कारण भएको लकडाउनका कारण क`ष्टप्रद जीवन विताउँदै आएका सर्वसाधारणलाई यसअघि देखिनै हाम्रो टिम नेपाल नामको संस्थाले त्यहाँ खाना खुवाइँदै आइरहेको छ । डा. भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई

खाना बाँडेका थिए । खाना बाँड्दा उनले सर्वसाधारणहरुसँग केहीबेर कुराकानी समेत गरेका थिए । भट्टराईसँग जसपाकी नेतृ हिसिला यमी पनि पुगेकी थिइन् । रातोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *