भागबन्डा मिलेपछि तीन बिश्वबिद्धालयले उपकुलपति पाए

पत्रपत्रिका

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनि`कट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा नि`कट प्रेम अर्याललाई उपकुलपतिमा नियु`क्त गरिएको छ ।

राजनीतिक दल र नेताहरूबीच भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाएका छन् । राजनी`तिक भागबन्डाकै आधारमा ती विश्वविद्यालयमा उपकुलपति नियु`क्त गरिएको हो । सत्तारूढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वार्थ नमिलेका कारण एक वर्षसम्म ती विश्वविद्यालय उपकुलपतिवि`हीन बने । स्वार्थ मिलेपछि आइतबार मात्र तीनवट विश्वविद्यालयमा उपकुलपति नियु`क्त गरिएको हो ।

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनि`कट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा नि`कट प्रेम अर्याललाई उपकुलपतिमा नियु`क्त गरिएको छ । संस्कृत विश्वविद्यालयमा नियु`क्त भएका लामिछाने प्रग`तिशील प्राध्यापक संग`ठनका अध्यक्षसमेत हुन् ।

यो`ग्यता र क्ष`मताभन्दा पनि राजनी´तिक भागबन्डाका आधारमा उपकुलपति नियु`क्ति गर्दा उच्च शिक्षा गुणस्तरीय हुन नसकेको विज्ञहरूको भनाइ छ । विश्वविद्यालयमा उपकुलपतिका साथै अन्य पदाधिकारी पनि राजनी´तिक भागबन्डामै नियु´क्त गर्दा शैक्षिक गुणस्तर कमजोर बन्दै गएको छ । क्ष`मताभन्दा पनि राजनीतिक आस्थाका आधारमा नेतृ`त्व दिँदा विश्वविद्यालयको गुणस्तर खस्कँदै गएको कृषि तथा वन विश्वविद्यालयका सहप्राध्यापक डा. ईश्वरीप्रसाद कडरियाको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा रूबी रौनियारले लेखेकी छिन् । रातो पाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *