प्राधिकरणको चिन्ता : रातमा खेर गइरहेको करोडौंको बिजुली के गर्ने ? जनता भन्छन् बिजुली छैन,

सूचना प्रविधि

गत साता केही देशभर अबिरल वर्षा भएपछि विद्युतको माग दिनमा २ करोड १० लाख युनिटमा झर्‍यो । दैनिक २ करोड ६० लाख माग आइरहेका बेला मौसम चिसिएको र वितरणलाइनमा समस्या आएका कारण ती दिनमा ५० लाख युनिटसम्म बिजुली खेर (स्पिल) गयो ।

दैनिक ५ करोडको बिजुली खेर जाँदा प्राधिकरणसँग न तत्कालै खपत बढाउने न कुनै विकल्प थियो, न त भारत नै पठाउन सकिने अवस्था । अहिले पनि राति केही घण्टा २०० मेगावाटसम्म बिजुली खेर गइरहेको छ ।नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला राति

खेर गइरहेको बिजुली अहिले सबभन्दा चिन्ताको विषय बनेको बताउँछन् ।पछिल्लो सयममा वितरणलाइनमा आएको समस्या समाधानमा केन्द्रित भएको प्राधिकरणलाई अब केही महिना खपत र निर्यात नभएर खेर जाने बिजुलीको व्यवस्थापन समस्याको विषय बन्ने देखिएको छ ।गत हप्ता भएको वर्षापछि नदीहरुमा पानीको सतहसँगै बिजुलीको उत्पादन बढेको छ ।

देशभित्र उत्पादन बढेकाले भारतबाट आउने बिजुलीको परिमाण घटेको छ ।राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले अहिले पनि लाखौं युनिट बिजुली खेर गइरहेको छ । वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढ्ने प्राधिकरणका अधिकारीहरु

बताउँछन्लकडाउनपछि कलकारखाना, होटल पूर्णक्षमतामा चल्न सकेका छैनन् । यसले गर्दा विद्युत माग बढ्न सकिरहेको छैन ।अहिले चलिरहेका उद्योग–कलकारखाना पनि अब दशैं–तिहारमा बन्द हुनेछन् । विजुली उत्पादन भने नदीहरुमा सफा पानीको बहावले गर्दा पनि अझ बढ्नेछ ।यी विविध कारणले अब

बिजुलीको माग/खपत घट्ने निश्चित छ ।यो अवस्थामा अबको तीन महिना प्राधिकरणलाई बिजुली खेर जान नदिन ठूलो चुनौती हुनेछ ।निमित्त कार्यकारी निर्देशक कोइराला अहिले नै प्राधिकरणले आफ्ना आयोजनाका उत्पादन युनिटहरु बन्द गर्नुपरेको बताउँछन् । यसो गर्दा बिजुली खेर जान्छ ।उनका अनुसार हिजोआज साँझको पिक आवरमा १२ सय देखि १३ सय मेगावाटसम्म बिजुलीको माग छ ।

विहान ९ देखि ९५० मेगावाट र दिउँसो ११ सयदेखि १२५० मेगावाटसम्म माग हुन्छ । हरेक घण्टा बिजुलीको मागको ‘परिमाण’ परिवर्तन हुने हुँदा घरी भारतबाट बिजुली ल्याउनुपर्ने, घरी भएको पनि खेर फाल्नुपर्ने बाध्यता छ ।प्राधिकरणले दिउँसो आन्तरिक उत्पादनले नथेग्दा कुनै–कुनै घण्टा एक सय मेगावाटसम्म बिजुली भारतबाट ल्याइरहेको छ ।साँझको पिक आवरमा

माग बढ्दा करिब २५० मेगावाट बिजुली आयात गर्नुपरिरहेको छ ।भार प्रेषण केन्द्रको अनुसार रातको सयममा करिब ४ घण्टा २ सय मेगावाटसम्म बिजुली खेर गइरहेको छ । गत हप्ता अबिरल वर्षाका बेला खेर जाने बिजुलीको परिमाण अझै बढी थियो ।अहिले रातको सयममा करिब ८ सय मेगावाटसम्म बिजुलीको माग छ । जबकी नेपालमा प्राधिकरणका आफ्ना र निजी जलविद्युत प्रवद्र्धकका आयोजनाबाट एक हजार मेगावाटभन्दा बढी

बिजुली प्रणालीमा निरन्तर उपलब्ध हुँदैछ ।निजी क्षेत्रले करिब ५७५ मेगावाट र प्राधिकरणका आयोजनाहरुले ४२० मेगावाट हाराहारी बिजुली निरन्तर उत्पादन गर्न सक्छन् । कुलेखानीको १०६ मेगावाट यसमा जोडिएको छैन ।उत्पादित बिजुली खेर जान नदिन हजार मेगावाटसम्म बिजुलीको माग अत्यावश्यक छ ।

२०० मेगावाट बिजुली एक घण्टा खेर जाँदा २ लाख युनिट खेर जान्छ ।२ लाख युनिट बिजुली खेर जाँदा प्राधिकरणलाई करिब २ करोड रुपैयाँ नोक्सान हुन्छ ।राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले अहिले पनि लाखौं युनिट बिजुली खेर गइरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।देशभित्रको उत्पादनअनुसार प्रणालीमा माग/खपत नभएसम्म

भारतबाट बिजुली ल्याउन पर्ने बाध्यता हट्दैन । तर, रात छिप्पिँदै गर्दा माग झन् घट्ने सिजन नजिकिदैछ प्राधिकरणले निजी उत्पादकका बिजुली लिनैपर्ने गरी ‘टेक अर पे’ मोडलमा खरिद सम्झौता गरेको छ ।निजी उत्पादकहरुको बिजुली नलिए पनि त्यसको बिल तिर्नुपर्ने भएकाले प्राधिकरणले आफ्नै आयोजनाहरु बन्द गरेर बिजुली खेर फाल्ने गरेको छ ।

आगामी हप्ताबाट वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढ्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।कात्तिक, मंसिर र पुस मध्यसम्म नदीहरुमा सफा पानीको अवरोधरहित बहाव हुँदा धेरै बिजुली खेर फाल्नुको विकल्प नभएको उनीहरुको भनाइ छ ।पोहोर कुलेखानी भरिएपछि आयोजनाहरू चलाएर करिब ८० करोड बराबरको

बिजुली भारतमा पठाइएको थियो । अहिले दैनिक केही समय भारतको बिहारबाट बिजुलीको माग हुँदा निर्यात पनि गरिन्छ ।लकडाउनको कारण यो वर्ष बिहारमा पनि बिजुली खपत घटेको छ । सरकारी स्तरमा समझदारी नभएकाले नेपालको खेर जाने बिजुली किन्न भारत बाध्य छैन । यसअघि पनि प्राधिकरणकै पहलमा बिहारमा बिजुली पठाइन्थ्यो । तर, अहिले प्राधिकरणमा पहल गर्नसक्ने नेतृत्व पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *