डा.केसीलाई सरकारको आग्रह, ‘अनसन फिर्ता लिएर कोरोना संक्रमणविरुद्धको लडाईंमा जोडिनुस्’

ताजा खबर

काठमाडौं, १५ असोज । सरकारले विभिन्न मा`ग राखेर अनसनमा बस्नुभएका डा.गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । विहीबार (आज) सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा.केसीलाई अनसन तोड्न आग्रह गर्नुभएको हो ।

मन्त्री ज्ञवालीले चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले कोरोना संक्रमणबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिररहेका समयमा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताउनुभयो । यस्तो महामारीको समयमा नागरिकलाई संक्रमणबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने पनि उहाँले सुझाउनुभयो ।

उहाँले डा.केसीका अधिकांश मागहरु पूरा भइसकेका र पूरा हुन बाँकी रहेका विषयमा पनि छलफल गर्न सकिने बताउनुभयो । यसैबीच उहाँले डा.केसीलाई अनसन फिर्ता लिएर को`रोना संक्र`मणवि`रुद्धको लडाईंमा जोडिनका लागि पनि आग्रह गर्नुभएको छ ।

उहाँले डा. केसीले राखेका अधिकांश माग पूरा भइसकेको जिकिर गर्दै सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने माग पूरा हुने क्रममा रहेको बताउनुभयो । साथै, पीसीआर परीक्षणका दायरा बढिसकेको पनि सुझाउनुभयो ।

चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै जुम्लामा अनशन बसेका डा.केसीको स्वास्थ्यमा समस्या भएपछि केही दिन अगाडि उहाँलाई काठमाडौं ल्याइएको छ । हाल उहाँ त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा अनसरत हुनुहुन्छ ।

लामो समयदेखि डा.केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन हुँदै आएको छ । त्यसोत, हिजो (बुधबार) मात्रै पनि शिल्पी थिएटरका कलाकारहरुले डा. केसीको समर्थनमा सडक नाटक मञ्चन पनि गरेका थिए । न्युज२४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *