जनकपुर रेल चलेपछि व्यवसाय फस्टाउने आश

ताजा खबर

जनकपुरधाम, १६ असाेज । कुनै बेला जनकपुर आर्थिक राजधानीको रूपमा थियो। देशकै सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखाना र नेपालको एक मात्र जनकपुर–जयनगर रेलसेवाले यहाँको अ`र्थतन्त्रलाई सम्हालेको थियो। जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो। तर, यी दुवै धरोहर बन्द भएपछि यहाँ व्यापार–व्यवसाय खस्किँदै गयो।

रेलसेवा सञ्चालनले यहाँको व्यवसाय बढ्नेमा व्यापारी आ`शावादी देखिन्छन्। भारतको जयनगरबाट धनुषाको जनकपुरसम्म चल्ने रेलसेवा पुनः व्यापार–व्यवसायको प्रमुख करिडोर बन्नेमा आफूहरू आ`शावा`दी रहेको कपडा व्यापारी अमित पाठक बताउँछन्। अहिले भारतबाट किनेर नेपालसम्म ल्याउँदा ढुवानी महँगो हुने तथा यहाँसम्म आइपुग्न महिनौं लाग्ने सम`स्याबाट छुटकारा मिल्ने उनको कथ,न छ।

ठप्प भएको व्यापार व्यवसायमा रेलले नयाँ आ`शा जगाएको छ। ‘हाम्रो चौपट भएको व्यापारमा रेलले पुनः हाम्रो दिन फर्किने आ`शा जगाएको छ’, अमित पाठक भन्छन्, ‘यहाँबाट धेरै उद्योगी–व्यापारी व्यापार–व्यवसायमा उभो नलागेपछि भारत पलायन भए, हामी जेनतेन धानीरहेका छौंं, रेलले मालसमान ढुवानी ५० प्रतिशत सस्तो र सुलभ हुने भएपछि व्यापार फस्टा,उने आ,शा छ’, उनले भने। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *