२०औं दिनमा डा. केसीको अनशन : मुटुको चालमा सम`स्या, गम्भीर बन्दै स्वास्थ्य अवस्था

ताजा खबर

काठमाडौँ, १७ असोज । डा. गोविन्द केसीको १९ औँ अनशनको आज २० दिन पूरा भएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनशन बसेको २० दिन पुग्दा प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

डा. केसीलाई छाती, मांसापेशी दु`ख्ने र रिँगटा लाग्ने सम`स्याले धेरै कम`जोर पारेको छ, केसीको उपचार समूहका एक डाक्टरले बताउनुभयो ।

केसीको शरीरमा सोडियम, पोटासियम, म्याग्नेसिय, क्याल्सियम फस्फोरसको मात्रा कम हुनुको साथै मुटुको चालमासमेत समस्या आएको छ । उपचारमा संल`ग्न चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य ग`म्भीर बनेको छ ।

भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो। नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन्। न्युज२४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *