भे`डो शैलीमा नेताको पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो देशको संवृ`द्धिको बा`धक हुन् : संविधानविद् आचार्य

ताजा खबर

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले पार्टीका नेताहरुको पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो देशको संवृद्धिको बा`धक भएको बताएका छन् । उनीहरुलाई डा. भीमार्जुनले भेडो सं`ज्ञा समेत दिएका छन् ।

प्राइम टिभीको एक कार्यक्रममा शनिबार बोल्दै उनले पार्टीको पछि लाग्ने विभिन्न पार्टीका झण्डै ३० लाख कार्यकर्ता नै यो देशको वि`कासको बा`धक हो भनेका हुन् ।

उद्यम नगरेर पार्टीको पछि लाग्ने यस्ता कार्यकर्ताका कारण मुलुकको वि`कास हुन नसकेको डा. आचार्यको आशय देखिन्छ । यो देशमा दलका कार्यकर्ताभन्दा धेरै सर्वसा`धारण नागरिक छन् भन्ने कुरा बिर्सिन हुन्न भन्दै उनले भने, ‘त्यही नै यो देशको प्रगतिको बा`धक हो । मैले भन्दै पनि आएको छु, लाखौंलाख संगठित सदस्य भएको फाइदा नेताहरुले उठाउँदै आएका छन् ।’

दलका कार्यकर्तालाई छोडेर जनता सडकमा उत्रिए पनि उहाँहरु कहाँ पुग्नुहुन्छ ? भन्दै आचार्यले प्रश्न गरे । उनले दलका नेताहरुले जे भन्यो त्यही जनताले मान्छन् भन्ने कुरा ग`लत हो भन्दै नेपाली जातिमा स`हनशी`लता बढि भएकाले मात्रै सहेका हुन, तर अ`ति भएपछि बिद्रो`ह गर्छन भने ।

उनले अहिलेका भ्र`ष्ट र नाला`यक नेताहरुलाई जनताले चाँडै नै लखेट्ने पनि दा`वी गरे । आचार्यले भने, गफ दिने, भा`षण गर्ने, जनतालाई कुनै सुविधा नदिने, संविधानमा भएको कुरा कार्यान्वयन नगर्ने हो भने उनीहरुको लखेटिने दिन मैले निकै नजिक देख्छु ।’

अति भएपछि जनता सडकमा आउने बताउँदै आचार्यले वि,गतमा पनि पार्टीका नेताहरुको आ`व्हानका कारण नभई अति भएपछि जनताले प्रति,रोध गर्ने बताए । अहिलेको संघीय व्यव,स्था र द,लका नेताहरुको कार्यशैलीका कारण मुलुक आर्थिकरुपमा ध`रासायी अवस्थामा पुगेको, जनता म`हामा,रीका खान नपाएर भोकै बस्नुपरेको, आ`त्मह`त्या गर्नु परेको, तर नेताहरु आफ्नो सुखसुविधामा लि`प्त रहेको आ`रोप लगाए । जनबोलि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *