‘मुन्द्रेको कमेडी क्लब’ बाट दिपाश्रीलाई हटाईयो, करिश्माको प्रवेश

ताजा समाचार

काठमाडौं, १८ असोज । नेपालको चर्चित टिभी कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाई`एको छ । उनको ठाउँमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याईएको छ । अब प्रसा`रण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्नेछन् ।

केही समय अघि दिपाश्रीले राजेश हमाल महानायक होईन भनेर दिएको अभिव्यक्तिलाई लिएर वि`वादमा तानिएकी थिईन् । मुन्द्रेको कमेठी क्लब कार्यक्रमका प्रायो`जक कम्पनीको द`बाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतको दा`बी छ ।

दिपाश्रीले उक्त कार्यक्रममा अध्यक्षता ग्रह`ण गर्दै आएकी थिईन् । अबको कार्यक्रममा भने अध्यक्षतामा करिश्मालाई देख्न पाईने भएको छ । मुन्द्रेको कमेडी क्लब चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो हो । को`रोना क`हरका कारण उक्त सो लामो समय स्थगित् गरिएको थियो ।

अब प्रसारण हुने एपिसोडमा चर्चित पत्रकार ऋषि धमला र नायिकासमेत रहेकी पत्नी एलिजा गौतमलाई अतिथिको रुपमा देख्न पाईने भएको छ । कार्यक्रमको छायाँकन भएपश्चात् नायिका गौतमले एक तस्विर सार्वजनिक गर्दै छिट्टै आउँदै भन्ने जनाएकी छिन् । रिपोर्टर नेपाल बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *