मन्त्रालय घटाएर ख,र्च कटौती गरौं : सांसद किराती

राजनीतिक

काठमाडौं, १८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका संघीय सां`सद सुदन किरातीले म`हामा`रीले ग`म्भीर आर्थिक सं`कट सिर्जना गरेका बेला फजुल ख`र्च रोक्न मन्त्रालय घटा`उनु पर्ने बताउनुभएकाे छ ।

मन्त्रालय फुटाएर भागबण्डाको राजनीतिलाई प्रश्रय दिनु बर्तमान अवस्थामा उचित नभएको किरातीले बताएका बताउनुभयाे । युवाहरुसँगको एक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद किरातीले भन्नुभयाे, ‘नेताहरुको गुटगत समीकरण मिलाउन मन्त्रालय नै फुटाउने च`र्चा चलिरहेको छ । यो जनताले भरो`सा गरेको पार्टी नेकपाका लागि शोभनीय विषय होइन ।’

उहाँले थप्नुभयाे, ‘कायम रहेको मन्त्रालयलाई गाभेर १५ मा घटाउने र मन्त्रिपरिषदमा महिलाको सहभागितालाई ५० प्रतिशत कायम गराउनु पर्छ । यदि त्यो सम्भव नभए संविधानत ३३ प्रतिशत अनिवार्य सुनिश्चित गर्दै समावेशी चरित्रको मन्त्रिमण्डल बनाउन आवश्यक छ ।’

सांसद किरातीले स्थानीय तहमा अधिकार र बजेट बढाउनु पर्नेमा जोड दिनुभयाे । उहाँले केही समयअघि मात्रै चरम अन्तर सं`घर्षलाई पार गरेर आएको नेकपाभित्र सरकारले मनोमा`नी रुपमा मुख्य सचिव र राजदूतहरु नियुक्त गर्नाले पार्टीमा फेरि वि`वादलाई निम्तो दिएको बताउनुभयाे ।

कार्यक्रममा बोल्दै सांसद किरातीले भन्नुभयाे, ‘ठूलो भूमरी छलेर अघि बढ्न खोजेको नेकपाको हलो मन्त्रिपरिषद पुनर्गठनमा आएर अड्काइयो । राजनीतिक नियु`क्तिमा आएर गोरु चुटियो र यसले दुर्घ`टनालाई निम्तो दिएको छ । राजतन्त्रमा जसको हालीमुहाली थियो, गणतन्त्रमा पनि उसैको हालीमु`हाली छ । यसले नागरिकहरुमा च`रम निराशा हुनु स्वभाविक हो ।’ न्युज२४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *