त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहने व्यवस्था तत्काल खा’रे’ज गरियोस् -डा भीमबहादुर रावल

ताजा समाचार

वस्था तत्काल खा’रे’ज गरियोस्”-डा भीमबहादुर रावल
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभा`वशाली नेता तथा प्रतिनिधिसभा सदस्य डा भीमबहादुर रावलले निजी कम्पनीले भूमिस्थ सेवा दिन लागिएको विषय धेरै नै संवे`दनशील रहेको बताएका छन्।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा भएको बैठकमा बोल्दै उनले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई बे,वास्ता गर्दै निजी कम्पनीले भूमिस्थ सेवा दिने विषयलाई सामान्य रुपमा लिन नहुने बताए।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई बेवास्ता गर्दै निजी कम्पनीले भूमिस्थ सेवा दिन लागिएको भन्ने विषय निकै संवेदनशील भएकाले निर्णयमा पुनर्विचार गर्न तथा निगम व्यवस्थापन सुधारका लागि प्र`भावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।

साथै उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहने व्यवस्था हटाउन माग पनि गरे । शान्ति सुरक्षा कायम गर्न नेपाल स्वयम् सक्षमा रहेको भन्दै उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी रहने व्यवस्था त`त्काल हटाउनुपर्ने बताए।

समितिका सदस्य माधवकुमार नेपालले देशको हितका लागि राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका सबै बाधाव्यवधानलाई किनारा लगाउँदै तदरुपताका साथ अघि बढ्न सुझाव दिए । वर्षौँदेखि चर्चामा रहेको आयोजनाको अहिलेको कार्य सुस्त गतिमा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले वनलगायत सम`स्यालाई उच्चतहबाटै समाधान गरेर आयोजना चाँडो अघि बढाइनुपर्नेमा जो`ड दिएका छन् । kanchanjangha news

Leave a Reply

Your email address will not be published. Required fields are marked *