कम्युनिष्ट पार्टीको सदस्यता वा सो सरहका पद धारण गरेकाले अमेरिकामा स्थायी बसोबास अनुमति नपाउने

अन्तरास्ट्रिय

काठमाडौं, १९ असाेज । अमेरिकाले आप्रवासी नियम परिवर्तन गरेसँगै कुनैपनि कम्युनिष्ट पार्टीका सदस्यले अब त्यहाँ स्थायी बसोबासको अनूमति नपाउने भएका छन् ।

अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै परिवर्तित अप्रवासी कानूनमा कम्युनिष्ट पार्टी वा सो सरहको पदमा रहेका ब्यक्तिलाललई अमेरिकाले नागरिकता र स्थायी बसोबासको अनूमति नदिने स्पष्ट पारेको छ ।

यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले गएको शुक्रबार यस्तो घोषणा सार्वजनिक गरेको छ । यसअघि अमेरिकामा कम्युनिष्ट पार्टीमा आबद्ध मानिसहरुले स्थायी बसोबासको अनुमति पाउने गर्दथे । तर चीनसँगको दुस्मनीको कारण अमेरिकाले यो नियम ल्याएको हुनसक्ने धेरैले अनुमान गरेका छन् । यद्यपि अमेरिकाले जारी गरको घो,षणा पत्रमा चिनका पार्टीको नामहरु भने उल्लेख गरेको छैन ।

अमेरिकाद्वारी जारी उक्त पत्रमा कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने भनेर लेखिएको छ । यसअघि नै अमेरिकी नागरिकता लिइसकेका कम्युनिष्ट पार्टी आबद्ध ब्यक्तिहरुको लागि याये नियाम लागू नहुने पनि जनाएको छ ।न्युज२४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *