ओलि द`वावमा : फेरी नेकपाभित्रै बाट माग्न थालियो ओलीको राजीनामा…हेर्नुहोस् ।

राजनीतिक

काठमाडौं : वि’वादको लामो श्रृङ्ख’ला पार गर्दै अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन गर्दै सहमतिको बाटो तय गरेको स’त्तारुढ दल नेपाल कम्यु’निस्ट पार्टी (नेकपा) फेरि वि’१वादको भुम’रीमा फस्ने देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले हालै स्थायी समितिले पारित गरेको कार्यविधि लत्याउँदै एकतर्फी रूपमा ३ महत्वपूर्ण नियुक्तिको सिफारिस गरेपछि नेकपाभित्रको सहमति धरापमा परेको हो ।

स्थायी कमिटीको पछिल्लो बैठकले अध्यक्षद्वयको कार्यविभाजनको क्रममा स्पष्ट रूपमा ओलीले पूरा कार्यकाल सरकार सञ्चालन गर्ने तर महत्वपूर्ण निर्णय लिंदा र नियुक्तिका विषयमा पार्टी कमिटीमा छलफल गरेपछि मात्र निर्णय लिने उल्लेख छ ।

यता अर्का अध्यक्ष पुष्पकमल दाहालको अधिकारका विषयमा पनि सो बैठकले स्पष्ट पारेको थियो । कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने र महत्वपूर्ण निर्णय र नियुक्तिका विषयमा प्रधानमन्त्रीलाई सघाउने अधिकार प्रचण्डलाई दिइएको छ ।

तर ओलीले निरन्तर भेटघाट भैरहेको अवस्थामा प्रचण्डलाई सुइँको समेत नदिई भटाभट नियुक्ति गरेपछि ओलीसँग प्रचण्ड मात्र नभएर अधि|कांश नेताहरू रुष्ट देखिन्छन् ।

गत विहीबारको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्य सचिव, तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत र पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने निर्णय गरेको थियो ।

भदौ २९ मा मात्रै प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूत बनाउने ओलीको एकल नि’र्णयले नेकपाभित्र अस’न्तुष्टि देखिएको हो । यसै विषयलाई लिएर ओलीइतरका केही नेताहरूले पुनः ओलीको राजीनामा माग्न थालेका छन् । आज बस्ने सचिवालय बैठकमा पुनः ओलीले राजीनामाको दवा’व झेल्नुपर्ने देखिएको छ ।

प्रचण्ड-नेपाल निरन्तर परामर्शमा
ओलीले पटक पटक पार्टी निर्णयको उल्लंघन गर्न थालेपछि दीर्घकालीन समाधान खोज्ने विषयमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच निरन्तर परामर्श भैरहेको खुमलटार स्रोतले बतायो ।

उनीहरूबीच दोस्रो तहका नेताहरूलाई उचालेर राजीनामाको द’वाव दिने र अबका दिनमा पनि विधि उल्लंघन गरेर स्वतः पदच्यु’त हुने प्रावधानको बारेमा सचिवालयमा छलफल चलाउने तयारी भएको बताइन्छ ।

आजको सचिवालयमा ओलीले गरेका पछिल्ला नियुक्ति खारेज गर्न पनि द’वाव दिइने भएको छ । अर्का व’रिष्ठ नेता झलनाथ खनालले भने ओलीले पार्टीमा एकलौटी नि’र्णय गरिरहने र बैठकमा आ,त्माआलो,चना गरेपछि कुनै कारवाही नहुने परिपार्टीले उनमा ‘मैले जे गरेपनि हुन्छ’ भन्ने मनो’वैज्ञानिक घ’मण्ड हाबी भएको भन्दै यसपटक यसै नछोड्ने बताएका छन् ।

उनले गत विहीबार गरेका निर्णय पार्टी कमिटीको दवावमा फिर्ता लिन बाध्य बनाएर सबक सिकाउनुपर्ने अडान उनले प्रचण्डसँग राखिसकेका छन् । यसकारण पनि आजको सचिवालय बैठक ओलीको लागि अप्रिय हुन सक्ने देखिन्छ ।

द’वावमा ओली
आफू इतरका शक्तिहरूको तयारी र हिजो प्रचण्डसँगको भेटपछि ओलीले असहज महसुस गरिरहेका छन् । पछिल्लो समय उपाध्यक्ष वामदेव गौतम पनि आफूसँग रुष्ट बनेकोले सचिवालयमा पनि अल्पमतमा परेका ओलीले तत्कालको संकट टार्न र थप रणनीति तय गर्न आजको सचिवालय टार्ने प्रयास पनि गरिरहेको स्रो’तको दा’बी छ ।

नेपाल समूहले पुनः राजीनामाको आवाज उठाएको र पछिल्लो कदमबारे आफूनिकटका दोस्रो तहका नेताहरू पनि सन्तुष्ट नरहेकोले ओलीमाथि नैतिकताको प्रश्न पनि खडा भएको छ ।

उनले हिजो प्रचण्डसँगको भेटमा पनि यो नियुक्तिको प्रकरणलाई धेरै नउचालेर सहयोग गर्न आग्रह गरेका थिए । तर प्रचण्डले पछिल्लो नियुक्तिमा यो आफ्नो मात्र आप’त्ति नभएकोले सचिवालयले नै छिनोफानो गर्ने जवाफ फर्काएका थिए । पाथिभरा डेलि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *