राजाको ठाउँमा अहिले नयाँ मान्छे आएर देश लुटिरहेको छ: सांसद झाँक्री

ताजा खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद तथा नेकपा नेतृ रामकुमारी झाँक्रीले केपि ओलि नेतृत्व सरकारको खुलेरै कडा आलोचना गरेकी छिन् ।

कुलमान घिसिङ्ग पुन नियुत्तीको बिषयबस्तुमा रहेर एक अनलाइन टेलिभिजन संगको अन्तर्वार्ताका क्रममा सांसद झाँक्रीले भनिन् – “विगतमा देशमा राजा लगाएत राजतन्त्रले लुटिरहेको ठाउँमा तेस्तै नयाँ मान्छे आएर लुट्ने कामनै भैरहेको छ ।

अहिलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको कार्यकालमा जुन किसिमको आशा र अपेक्षा थियो त्यसको उल्टो देखिन थालेको झाँक्रीको बुझाइ छ

सरकारका पछिल्ला नियुक्ति र पुन: नियुक्तिमा जुन गतिबिधी देखिए, हाम्रा नेताहरु, हाम्रा मन्त्रीहरुले अहिले जे जे कर्म गर्दै हुनुहुन्छ त्यो पार्टीलाई आगामी दिनमा महँगो पर्ने देखिन्छ उनले भनिन् ।

साढे दुई बर्ष फर्केर हेर्दा उहाँले जुन किसिमको कार्यशैली अपनाउनु भयो त्यसले गर्दा उहाँको मात्रै हैन पार्टीलाई ठुलो क्षति पुगेको त्यसको परिणाम आगामी निर्बाचनमा समेत पर्ने झाँकी बताउँछिन् ।

त्यस्तै कुलमान प्रसङ्गमा सांसद झाँक्रीले भनिन् – ‘कुलमान घिसिङ्ग नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नभएको भए आज पनि देशमा १२ घण्टासम्मको लोड सेडिंग हुनसक्थ्यो ।

कुलमान घिसिङ्ग प्रमुख भएर आएपछि २१ घण्टासम्मको लोड सेडिंग अन्त्य भएको सत्य हो उँहाले राम्रो काम गर्नुभयो उहाँले गरेको कामको जनताले स्याबासी दिए उहाँको लोकप्रियता बढ्यो हामीले डाहा गरेर भएन उहाँकै नेतृत्वमा प्राधिकरणमा परिवर्तन भएको सत्य हो ।

सांसद झाँक्री भन्छिन् पछिल्लो समय सरकारले कुलमान घिसिङ्गको पुननियुक्तिको सम्बन्धमा सरकारले जुन रबैया देखाउने संकेत गरेको छ त्यसले सरकारले कसको लागि काम गरिरहेको छ भन्ने छर्लंग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *