कतारमा रहेका सबै नेपालीले निःशुल्क को`रोनाभा`इरसवि`रुद्धको भ्याक्सिन पाउने..!

ताजा खबर

काठमाडौं। कतारमा रहेका सबै नेपालीले निःशुल्क को`रोनाभा`इरसवि`रुद्धको भ्याक्सिन पाउने भएका छन् । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले आफ्नो देशका नागरिक र आफ्नो देशका बस्ने विदेशी गरी देशभित्र भएका सबैलाई निःशुल्क कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको एक बरिष्ठ स्वास्थ्य अधिकारीले जानकारी दिए । कोभिड–१९ सम्बन्धी राष्ट्रिय स्वास्थ्य रणनैतिक समूहका अध्यक्ष डा. अब्दुल्लतिफ अल खलले यस्तो जानकारी दिएको कतार ट्रिब्युनले बनाएको छ । कतारमा ४ लाखभन्दा धेरै नेपाली बस्छन् ।

‘आउँदा हप्ता र महिनामा कतारले पर्याप्त मात्रामा भ्याक्सिन सुरक्षित गर्ने तयारी गरिरहेको छ । यो व्यक्ति, सार्वजनिक र सामुदायिक स्वास्थ्यको लागि महत्वपूर्ण छ’ हम्माद मेडिकल कर्पोरेशनमा संक्रामक रोग विशेषज्ञका प्रमुख समेत रहेका डा. खलले कतार टिभीसँग कुरा गर्दै भने । उनका अनुसार जनस्वास्थ्य मन्त्रालयले भ्याक्सिन उपलब्ध हुनासाथ यसलाई हासिल गर्नको लागि ठूलो प्रयास गरिरहेको र उत्पादक कम्पनीसँग सम्झौताको प्रक्रिया अगाडि बढाइसकेको छ ।‘संकेतहरु धेरै राम्रा देखिएका छन् । जनस्वास्थ्य मन्त्रालयले सम्झौता गरेका कम्पनीमध्येको एक फाइजरले राम्रो काम गरिरहेको छ ।

फा’इजरको भ्या’क्सिनले अक्टोबरको अन्त्यमा वा नोभेम्बरमा स्वी’कृति पाउने सम्भा`वना छ’ उनले भने । डा. खलका अनुसार यो भ्या’क्सिनको अहिले विभिन्न देशका ४४ हजार जनामा ट्रायल भइरहेको छ र यसको न’तिजाको आधारमा भ्या’क्सिनले स्वीकृति पाउनेछ । भ्या’क्सिन प्र’भावकारी र सु’रक्षित रहेको प्रमाणित भएमा यसले स्वीकृति पाउनेछ र यो कतारसहितका विभिन्न देशमा निर्यात गरिनेछ ।‘हामीले आशा गरेका छौं कि कतारले पहिलो परिमाण यो वर्षको अ’न्त्यसम्ममा वा अर्को वर्षको सुरुवातसम्म पाउनेछ’ उनले भने ।

कतारले प्रारम्भिक चरणमा भ्याक्सिन उत्पादनमा प्रतिष्ठित र सुरुवातमा भ्याक्सिन प्रभावकारी र सुरक्षित देखिएका अन्य कम्पनीहरुसँग पनि सम्पर्क गरिरहेको उनले बताए । ‘केही अन्य कम्पनहिरुसँग पनि छलफल भइरहेको छ’ उनले भने । डा. खलका अनुसार फाइजरले सुरुवाती चरणमा १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने र विभिन्न देशमा पठाउने तयारी गरेको छ । कम्पनीले २०२१ मा १ अर्ब डोज उत्पादन गर्ने जनाएको छ । ताजा दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *