बिहे गर्दैछिन दक्षिण भारतीय चर्चित नायिका काजल अग्रवाल, को हुन उनको हुनेवाला पति ?

ताजा खबर

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री काजल अग्रवालले आफ्नो विवाहको घोषणा गरेकी छिन् । इन्टाग्राममा एक पोष्ट सेयर गर्दै उनले आगामी अक्टोबर ३० मा आफुले विवाह गर्न लागेको जानकारी दिइन् ।

दक्षिण भारतीय चलचित्रकी सुपरस्टार काजल गौतम किचलुसंग बैबाहिक सम्बन्धमा बांधिन लागेकी हुन् । बैबाहिक कार्यक्रम मुम्बइमा हुनेछ र कार्यक्रममा दुबै परिवारका सीमित व्यक्तिहरु मात्रै उपस्थित हुने बताइएको छ ।

हिन्दी चलचित्रहरूमा समेत अभिनय गरिसकेकी काजलका विश्वभरमा धेरै प्रशंसकहरु छन् । उनलाइ धेरैले चिनेतापनि उनको हुनेवाल जीवनसाथी गौतम किचलुलाई भने धेरैले चिनेका छैनन् ।

गौतम किचलु एक उद्धमी हुन् । उनको कम्पनीले हाउस डिजाइनका साथै फर्नीचर, सजावटका सामानहरू, चित्रहरू र अन्य घरेलु वस्तुहरू समेत बिक्री गर्ने गर्दछ ।

गौतमसंग कजलले हालसम्म सार्वजनिक रूपमा फोटोहरु सेयर नगरे पनि गौतमको इन्स्टाग्राममा २०१६ मा गरिएको पोष्टमा काजलले रियाक्ट गरेको देख्न सकिन्छ । यसबाट प्रष्ट हुन्छ कि धेरै अघिदेखि नै दुवै जनाको एक अर्कामा राम्रो सम्बन्ध थियो र दुबैले आफ्नो सम्बन्धलाइ गोप्य राखेका थिए । सिस्नोपानी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *