प्रदेशको नाम जातिय आधारमा राख्नु पर्छ =बाबुराम भट्टराई

ताजा खबर

बाबुरामको प्रश्न : प्रदेशको नाम जाति, भाषाकाे पहिचानमा राख्न नहुने ? यो कहाँको संघीयता हो पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेशका नाम जात, भाषाको पहिचानमा आधारमा नराखिएको भन्दै टि,प्पणी गर्नुभएकाे छ,

उहाँले समाजिक सञ्जाल ट्वीटमार्फत प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? भन्दै प्रश्न गर्नुभएकाे छ । उहाले लेख्नुभएकाे छ- ‘प्रदेशका नाम नदी,भूगोलको पहिचानमा मात्र राख्नपर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने?यो कहाँको मार्क्सवाद, लोकतन्त्र, संघीयता हो ?’

अन्य देशको उदाहरण दिदैँ जाति, भाषाका नाममा राज्य हुँदा देश नटु,क्रने तर नेपालमा टु,क्रने? भन्दै उहाँले प्रतिप्रश्न गर्नुभएकाे छ । ‘अमेरिकामा अलाक्सा, अरिजोना, उताह, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटु,क्रने तर नेपालमा टुक्र,ने?’भट्टराईले लेख्नुभएकाे छ ।

उहाँले भूपी शेरचनलाई सम्झँदै लेख्नुभएकाे छ, ‘हिजो मगरात,तमुवान,ताम्सालिंग, नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आ,देश पालना गर्दै लुम्बिनी,गण्डकी,बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : ‘मरेर श,हीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गा,ह्रो छ!’ सरी लली रोका, सुरेश वाग्ले..!’

नेपालमा भूगोल र नदीको आधारमा प्रदेशको नामाकरण गरिएको छ । जसअनुसार प्रदेश नं. ३ ले बागमती, प्रदेश नं. ४ ले गण्डकी, प्रदेश नं. ५ ले लुम्बिनी, प्रदेश नं ६ ले कर्णाली, प्रदेश नं. ७ले सुदूरपश्चिम नामाकरण गरेका छन् भने प्रदेश नं. १ र २ को नामाकरण हुन बाँकी रहेको छ।
स्रोत न्युज२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *