माल्दिभ्सका पूर्व उपराष्ट्रपतिलाई भ्रष्टा`चार अभियोगमा दो`षी ठहर गर्दै २० बर्ष जे`ल स´जाय

ताजा खबर

एजेन्सी, २० असोज । माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदीबलाई भ्र`ष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल स`जाय सुनाइएको अदालतका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् ।

सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्व राष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल चलान नगर्दासम्म अदीब पूर्व राष्ट्रपति अब्दुल्ला यमीनको घनिष्ठ सहयोगी मानिन्थे ।

फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवद्र्धकहरूबाट घु`स स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो । उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन (व्यवसायिक रकम) प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो ।

अदीब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमीनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दो`षी ठ`हर भएपछि गत वर्षको नोभेम्बरदेखि नै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमीन अहिले जेलमा छन् ।

“अदीबले अनुसन्धानमा राज्यलाई सहयोग गर्दै अदालती अनुसन्धानमा सहयोग गर्नुभएको थियो तर अदा`लती सुनुवाईका क्रममा लेनदेनको आधारमा मु`द्दालाई आफ्नो हितमा पार्न खोजेको आरोप अदालतका एक अधिकारीले लगाए । अदीबलाई सुनाइएको २० वर्षको स`जाय उहाँले गरेको अप`राधको लागि न्यून स`जाय भएको ती अधिकारीले बताए ।

अदीबलाई फौ`जदारी अदालतले निर्दो`ष ठ`हर गरेको थियो तर सरकारी अभियोजनकर्ताहरूले उक्त मु`द्दामाथि उच्च अदालतमा पुनरावेदन गरेपछि यसमाथि थप अनुसन्धान तथा सुनुवाई भएको थियो ।

पूर्व पर्यटनमन्त्री रहेका अदीवलाई यमीनले उप राष्ट्रपति नियु`क्त गरेका थिए । तर दुबै जना निर्वाचनपछि सत्ताबाट बाहिरिनु परेको थियो ।सन् २०१५को सेप्टेम्बरमा राष्ट्रपतिको डुङ्गामा भएको विस्फोटपछि यमीनको ह`त्या गर्ने प्रयास गरेको आरो`पमा अदीबलाई १५ बर्षको जेल सजा`य सुनाइएको थियो । यद्यपि, सन् २०१८ को पुनः निर्वाचनमा अभियानमा यमीनको पराजयपछि अदीबमाथि लागेको ह`त्या प्रयासको आ`रोप हटाइएको थियो ।

गत वर्ष अगस्टमा भ्र`ष्टाचार आ`रोप लागेका अदीबले अवैध रूपमा देश छोडी छिमेकी मुलुक भारतमा शरण लिन चाहेका अदीबलाई भारतले शरण नदिने बताएपछि उनीमाथि लागेको आरोपमाथिको सुनुवाईका लागि उनलाई माल्दिभ्सतर्फ नै फर्काइएको थियोे ।यमीनले आफ्नो पाँच बर्षे कार्यकालमा सबै राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कि त जे,लमा थुनेर राखेका थिए कि उनीहरू निर्वासन बस्न बा,ध्य पारिएका थिए । न्युज२४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *