प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : डा. केसीलाई ‘का,त्रो’ पठाउने हो ?

ताजा खबर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीका मागको सम्बो`धन नगरेको भन्दै आ`पत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै डा. केसीसँग सरकारले वार्ता नगरेको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा प्र`वक्ता शर्माले प्रश्न गर्दै भनेका छन्, ‘डा.केसीसँग कुरै नगर्ने बरु का`त्रो पठाउने तयारी हो ?

विज्ञप्तिमा डा. केसीको स्वास्थ्य ज`टिल बन्दै गएको तर बालुवाटारले बालहठ गरेको भन्दै आप`त्ति जनाइएको छ । शर्माले केसीका जाज`य आवाजलाई सम्बोधन नगरेर भुल नगर्न सरकारलाई चुनौ,तिसमेत दिएका छन् ।

‘डा. केसीको स्वास्थ्य स्थिति ज`टिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू’, विज्ञप्तिमा भनिएको छ, ‘ हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाई गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’ अन्नपूर्ण पोस्ट बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *