फेरि जनतालाई धो`का नहोस् : डा. केसी

बिचार बिमर्श

काठमाडौँ, २२ असाेज । चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म स`त्याग्रह जारी रहने बताएका छन् ।

२४ दिनदेखि अनशनरत उनले जनदबाबबाट बाध्य भएर स`म्झौता गर्ने र पुनः उ`ल्लंघन गर्ने चक्र चलिरहँदा केपी शर्मा ओली नेतृ`त्वको सरकारका पालामा सबैभन्दा बढी सत्याग्रह गर्नुपरेको बताए । डा. केसीले ओलीकै पालामा पाँच पटक स`त्याग्रह गरेका छन् ।

सरकारबाट वार्ता टोली ग`ठन गरिएको सन्दर्भमा उनले भने, ‘वार्ता टोली बने पनि अन्तिम निर्णय लिने ओलीजी नै हो । वार्ता टोलीभन्दा पनि ओलीजीले जे गर्नुहुन्छ, त्यही हुन्छ । माग पूरा नभएसम्म मेरो स`त्याग्रह जारी रहन्छ ।’ यसअघि पनि जनदबाब थेग्न नसकेरै सरकारले स`म्झौता गरेको स्मरण गर्दै उनले अब भने सम`स्या समा`धान नै हुनुपर्नेमा जोड दिए । ‘वार्ता सफल होस्, तीन करोड जनताको मागमा फेरि धो`का नहोस्,’ उनले भने, ‘ओलीजीले जनभा`वना बुझेर केही माफिया/बिचौ`लियाको कुरा नमान्नुहोस्, यही मेरो कामना छ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *