राजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलको क`डा आ`देश !

ताजा खबर

र`क्षामन्त्री ईश्वर पोखरेलले राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफू बस्दै आएको घरबाट बलपू`र्वक निकाल्न मातहतका कर्मचारीलाई आ`देश दिनुभएको छ । नेपाल ट्रस्ट सूत्रबाट प्राप्त जानकारीअनुसार प्रेरणालाई घरबाट एक्काइस दिनभित्र निस्कन आ`देश दिइएको पत्र असोज ५ गते बुझाइएको छ र, यो अव`धिभित्र घर नछोडे बलपू`र्वक घरबाट निकाल्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको छ । यही असोज २६ गते पत्र बुझाएको एक्काइस दिन पूरा हुँदैछ र, त्यसपछि प्र`हरी लगाएर राजकुमारी प्रे`रणालाई घरबाट निकाल्ने तयारी गर्न पोखरेलले आफ्ना क`र्मचारीलाई निर्देशन गरिसक्नुभएको छ ।

आफ्ना पिता तत्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट दा`इजोमा प्राप्त हुन आएको छाउनीस्थित घर (विजया बास)मा प्रेरणा आफ्ना पतिका साथ विगत दुई दशकदेखि बस्दै आउनुभएको छ । नेपाल सरकारले विजयाबास समेतलाई सर`कारीकरण गर्ने नि`णय लिएपछि प्रे`रणाले आफू नयाँ घर बनाएर सर्ने निर्णय लिनुभएको थियो र, उहाँको घर निर्माणको चरणमै छ । को`रोनाका कारण ‘लक्डडाउन’ शुरु भएपछि नि`र्माण कार्य रोकिएको र त्यसपश्चात उहाँले घरको नि`र्माण कार्य सम्पन्न हुनेवित्तिकै आफूले विजया बास छोड्ने जानकारी गराउँदै बढीमा एक वर्ष उक्त घरमा बसोबास गरी पाउन नेपाल ट्रष्टमा मागसहित निवेदन दिनुभएको थियो । निवेदनमा प्रेर`णाले कोभिड–१९ का का`रण निर्माणमा ब्य`वधान पै`दा भएकोले आ`गामी एक वर्षसम्म आफ्नो उक्त घरमा बसो`बास गर्न दिइनुपर्ने मा`ग गर्नुभएको थियो । तर रक्षामन्त्री ईश्वर पोखरेल राजकुमारी प्रे`रणाको निवे`दनप्रति स`कारा`त्मक हुनुभएन ।

‘लक्डडाउन’को यो अवस्थामा घरभाडामा बस्नेहरूलाई यथावत रहन दिनुपर्ने र बलज`फ्ती कसैले घरबाट निकाल्न खोजे त्यस्तो घरधनीलाई क`डा का`नूनी कार`बाही गर्ने भनी सरकारले निर्णय गरेको छ । यस अवधिमा भाडा नबु`झाएको भन्दै घरबाट निकाल्ने कै`यन घरधनीहरूलाई सरकारले कार`बाही पनि गरिरहेको छ । तर ईश्वर पोखरेलले भने दुई दशकदेखि बसो`बास गर्दै आएको घरबाट राजकुमारीलाई निकाल्न कडा आदेश दिनु आश्चर्यको विषय भएको छ । नेपाल ट्रस्टको एक सूत्रले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रे`रणालाई बढीमा एक वर्षसम्म विज`याबासमै रहन सक्ने व्य`वस्था गरिदिन परामर्श गर्नुभएको थियो । तर, ईश्वर पोखरेलले प्रधानमन्त्रीको स`ल्लाहलाई पनि ठाडै इन्कार गर्नुभयो र, एक्का`इस दिनभित्र घर छोड्न पत्र पठाउँदै नछोडे बलपूर्वक निकाल्न आदेश दिनुभयो । नेपालीहरूको महान पर्व दशैँको मुखमा राजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलले केसम्म गर्नुहुने हो जि`ज्ञाशा र प्रती`क्षाको विषय बनेको छ ।

छाउनीस्थित उक्त घरजग्गा राजा त्रिभुवनले आफ्नी अविवा`हिता छोरी विजया राज्यलक्ष्मी शाहलाई किनिदिनुभएको थियो । बहुचर्चित गायक योगेश्वर अमा`त्यका बाबुसँग खरिद गरिएको उक्त घर राजा वीरेन्द्रको कमाइको सम्पत्ति नभई राजपरिवारको निजी सम्पत्तिका रूपमा थियो । विजया राज्यलक्ष्मीको निधन भएपछि तात्कालिक श्री ५ महाराजाधिराज वीरेन्द्रको नाममा उक्त घरजग्गा राखिएको भए पनि सो घरजग्गा वीरेन्द्रको अङ्श नभई नभई अङ्शियारहरूको थियो र नेपाल ट्रस्टको स्वामित्वमा ल्याउने निर्णय सरकारले गरेको भए पनि अङ्श लाग्ने सम्पत्ति नेपाल ट्रस्टको मातहतमा नजाने स्पष्ट थियो । यो मु`द्दा अदा`लतमा पुगेपछि एक पटक सर्वो`च्च अदाल`तले प्रे`रणाकै हक का`यम हुने नि`र्णय दिएको पनि हो ।

तर पछि पहिले नेपाली काङ्ग्रेसका नेता र पछि माओवादी नि`कट बनेका दुर्गा सुवेदीकी पत्नीसमेत रहेकी सुशीला कार्की सर्वो`च्च अदा`लतको प्र`धानन्या`याधीश बनेलगत्तै उनले न्या`यालयको पूर्वनि`र्णय उल्टा`एर प्रेर,णाको घरजग्गा नेपाल ट्रस्टको स्वा`मित्वमा जाने निर्णय सुनाइदिएकी थिइन् । प्रेर`णाको दाइ`जो सम्ब`न्धमा गरिएको यो निर्णयले उच्च पदमा कुनै महिला पुग्दा महिलामाथि अन्या`य हुँदैन भन्ने धा`रणालाई निरा`धार सा`वित गरेको थियो । कार्कीको आ`देशमाथि पूनरा`वलो`कनका निम्ति दिइएको निवे`दनमाथि पनि सुनुवाइ नभएपछि प्रेर`णा घर छोड्ने निर्णयमा पुग्न बा`ध्य हुनुभएको हो । घर नि`र्माण स`म्पन्न भएलगत्तै छोड्ने प्रतिब`द्धता जाहेर हुँदा पनि ईश्वर पोखरेलले राजकुमारीप्रति असहिष्णु व्य`वहार दर्शा`उँदै किन वैरभाव देखाउनुपरेको हो, आ`श्चर्यजनक मानिएको छ । घटना र बिचार बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *