यदि डा.केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दोषी प्रधानमन्त्री ओली : गगन थापा

ताजा खबर

काठमाडाैं, १९ असाेज । प्रमुख प्रतिप`क्षी नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीले राखेका मा`ग पूरा गर्न प्रधानमन्त्रीसँग मा`ग गर्नुभएकाे छ । प्रधानमन्त्रीसँग आफैले हिजो गरेको बा`चा पूरा नगर्दा डा. केसी आज अन`सन बस्नुपरेकाे पनि उहाँले बताउनु भएकाे छ ।

‘प्रधानमन्त्रीज्यू गोविन्द केसीले राख्नु भएको कुन मा`ग पूरा नहुने/गर्न नसकिने छ? कुन मा`ग जनहितविपरीत छन्?,’ सोमबार ट्वीट गर्दै थापाले प्रश्न गर्नुभएकाे छ, ‘तपाईं आफैंले हिजो गरेको बा`चा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र?, ‘केसीसंग सं`वाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ?’

पूरा गर्न सकिने र गर्नुपर्ने माग केसीले उठाएकाले सम्बो`धन गर्न पनि थापाको भनाइ छ। ‘एउटा सत्या`ग्रहीमाथि दु`राग्रह राखेर बे`वा`स्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ,’ थापाले लेख्नुभएकाे छ, ‘प्रमज्यू ख्याल राख्नुहोला, यदि डा.केसीको जीवन तलमाथि भयो भने यसको शतप्रतिशत दो`षी तपाईं हो।’

चिकि`त्सा शिक्षा सुधारको माग राखेर १९ औं पटक २२ दिनदेखि डाक्टर केसी अनस`नमा हुनुहुन्छ । जुम्लामा अनसन बस्नुभएका केसीलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल राखिएको छ । उहाँको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ। खबर पत्रीका बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *