चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री ल्याउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

ताजा समाचार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड – १९ का कारण चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक पहल भइरहेको बताएका छन् ।

मन्त्री ज्ञवालीले रसुवागढी क्षेत्रको अवलोकन गर्ने क्रममा आज स्थानीय जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई टिमुरेमा सम्बोधन गर्दै सीमा क्षेत्रमा आइपर्ने तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि आफूले स्थलगत रूपमा सीमा क्षेत्रको भ्रमण गरेको बताए ।

उनले रसुवागढी नाका व्यवस्थापनअन्तर्गत टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहको समेत स्थलगत अवलोकन गरी कार्यप्रगतिका बारेमा जानकारी लिनुभएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने छिटोछरितो कार्य सम्पादन गरी राष्ट्रसेवकको भूमिका निर्वाह गर्न आफ्ना मातहतका कर्मचारीलाई आग्रह गरे ।

परराष्ट्रमन्त्रीका साथ तत्कालीन संविधानसभासदस्यद्वय जनार्दन ढकाल र छोवाङतेन्जिङ तामाङ, प्रमुख जिल्ला अधिकारी अधिकारी हरिप्रसाद पन्त, सुरक्षा अधिकारीलगायतको पनि सहभागिता थियो । रातोपाटि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *