प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र, ‘भोलि मेरो छोरी जन्मिएला भन्ने ड`र लाग्न थालेको छ’

बिचार बिमर्श

काठमाडौँ, २३ असोज । अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । उनले पछिल्लो समय देशमा ब`लात्का`रका घ`टना, सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई ल,क्षित गर्दै पत्र लेखेकी हुन् ।

गत साता गृहमन्त्री रामबहादुर थापाले ब`लात्का`रका बारेमा दिएको अभिव्य`क्ति वि`वादमा आएको थियो। धेरैले आ`पत्ति जनाएको उनको अभिव्यक्ति गैरजि`म्मेवार भएको भन्दै ऋचाले पनि सामाजिक स`ञ्जालमा थापा र अघिल्ला मन्त्री तथा राजनीतिज्ञका गैरजि`म्मेवार अभिव्यक्तिको हिसाबकिताब जनताले राखिरहेको भन्दै टि`प्पणी गरेकी थिइन्।

चिठी यस्तो छः

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्रीबाहेक, यो देशलाई मा`या गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैंलाई ला`ज लाग्न थालेको छ। ड`र लाग्न थालेको छ। मन आ`त्तिन थालेको छ। ती अ`बोध बालिकाहरूको क`ल्पना मात्रैले पनि छाती पोलेर आउँछ।

मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकूँला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोलि छोरा पाउन नि ड`र लाग्न थालेको छ। मैले जति सं`स्कार र अनुशा`सन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ।

दिनहुँ स(साना नाबालकहरुलाई पनि ब`लात्का´र गर्ने भ´क्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य ज`रिवा´ना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैंलाई लाज लाग्न थालेको छ। जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा ब`लात्का`र जस्तो जघन्य अप`राधलाई, का`नुन कार्यान्वयन नि,कायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परीक्षा दिएको युगमै छौं झैं लाग्छ।

हामी टेक्नोलोजीले चाहिँ विक`सित भयौं, तर अ,फसो,च, सोचले अझै पिछडिएका छौं।

यहाँ बालिकाहरुलाई समेत खुलेआम राक्षसहरुले भो`ग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटि परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनी हेर्नुस्। के यो देशमा उनीहरु सुरक्षित छन् र ? म सरकारमा वि`श्वास राख्ने मान्छे, हिजोआज मेरा पै`ताला डग`मगाउँदैछन्। बाँकी तपाईंहरू बुझ्झकी !

निवेदक एक आम नेपाली नारी,
ऋचा शर्मा न्युज२४ बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *