सन्दीप लामिछानेलाई फेरी अर्को अन्तराष्ट्रिय अवसर, ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने

ताजा खबर

काठमाडौ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छ`नोट प्र`क्रिया (ड्राफ्ट) मा परेका छन् । ड्राफ्टमा पर्नुभएका सन्दीप रहेको श्रेणीका खेलाडीले न्यु`नतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्र`मिक पाउने छन् । सन्दीप हाल इन्डियन प्रि`मियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमि`रेट्स (युएई) मा छन् ।

यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपीएलको ड्राफ्टमा परेका छन् । सुमन हाल अष्ट्रेलियामा छन् । गौतम रहेको श्रे`णीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्र`मिक पाउने छन् ।

आज हुने अक्सनबाट सन्दीप र सुमनको छ`नोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्र`विधि वि`श्लेषक रमन शिवाकोटीले जानकारी दिए । लङ्का लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलङ्का क्रिकेट बोर्डले पहिलो पटक लङ्का प्रिमि`यर लिग आयो`जना गर्दैछ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् । ताजा खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *