प्रधानमन्त्री ओलीकाे सम्बोधन : “जनताको जीवन रक्षामा सरकार केन्द्रित छ”

ताजा खबर

काठमाडौं, असोज । सरकारको प्रमुख काम अहिले कोभिड विरुद्ध लडेर नेपाली जनताको जीवन र`क्षा गर्नु रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । गैर आवासीय नेपाली सङ्घको विश्व ज्ञान सम्मेलनलाई शुक्रबार सम्बो`धन गर्दै प्रधानमन्त्री ओलीले भने, कोरोना म`हामा`रीका बेला जनतालाई कुनै चिजको अ`भाव र स`मस्या नहोस् भन्नेमा सरकार पूर्णतः ध्यान दिइरहेको छ ।

लोकतन्त्रलाई जनताको जीवनसँग सम्बन्धित बनाएर लोकतन्त्र राजनीतिक मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, मानवअधिकार, वातावरणीय पक्ष, सुन्दर नेपाल बनाउने सम्ममा ध्यान दिइएको प्रधानमन्त्री ओलीले बताए । सामाजिक न्याय र समानता, सुरक्षाको प्रत्याभूति र सम्मानपूर्ण ढङ्गले बाँच्ने अधिकारसहितको लोकतन्त्रको बाटो सरकारले समाटेको उनले प्रष्ट पारे ।

समाजलाई अब सुशा`सनयु`क्त, विकासतर्फ उन्मुख बनाउने दिशामा सरकार लक्षित रहेको बताउँदै उनले थपे, समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकां`क्षा पूरा हुन्छ , उनले भने, “सुखी नेपाल निर्माण गर्ने परिकल्पना मात्र होइन, यो हाम्रो साझा लक्ष्य हो सफल पारेरै छाड्छौं” ।

अर्थतन्त्रमा काेराेनाले गम्भीर ध`क्का लागे पनि आशाका किरण देखिने खालको प्रगति भइरहेको बताउँदै भने, “कोभिड १९ ले धक्का दिए पनि दीर्घकालसम्म धक्का दिनसक्दैन, हामी नियन्त्रण गर्छौं” । हाम्रा पुर्खाहरुले आयुर्वेदको अाविस्कार गरे, कोभिड १९ का बेला विभिन्न घरेलु चिकित्सा पद्धतिले सहयोग पुगेको छ प्रधानमन्त्री ओलीले थपे, “हामीसँग घरेलु औषधि प्रशस्त छ, तर प्रयोग गर्न अझै जानेका छैनौं ।”

हाम्रो घरका भन्सामा अस्पताल छ, औषधीय गुण भएका सामग्री छन् प्रधानमन्त्री ओलीले भने, “हाम्रो ज्ञानको गौरवपूर्ण परम्पराले हामीलाई सहयोग पुगेको छ ।” औषधिजन्य भान्सामा पाक्ने मसलाले हाम्रो रोग प्रतिरोधी क्षमता बढाइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, कोभिड १९ बाट कोही नेपाली हतोत्साहि हुन आवश्यक छैन ।

विकासका निम्ति प्रविधि, ज्ञानको प्रयोग गर्न आवश्यक रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले ज्ञान, सीप र प्रविधिको विकास अब नेपाल आफैले गर्ने र आवश्यक प्रविधि भित्र्याएर सक्षम हुने बताए । आफ्नै देश समृद्ध र सक्षम बनाउन चाहने एनआरएनको साझा सोंचको प्रसंशा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सबैको सोंच, सहयोग, सीप र ज्ञानले नै नेपाल समृद्ध हुने जनाए ।

नेपाल अर्थतन्त्रमा अझै सक्षम भइनसकेकाले बाहिरी लगानी भित्र्याउन आवश्यक रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यसका लागि गैर आवासीय नेपाली संघले भूमिका खेल्नसक्ने धारणा राखे । सम्मेलनले नयाँ उत्साह ल्याउन सकोस् भन्दै उनले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे । कोभिड १९ समस्या आउनुअघि नेपालले तिव्र आर्थिक बृद्धि हासिल गरिरहेको भएपनि कोरोना महामारीले समस्या पारेको बताए ।

आर्थिक, सामाजिक, समानता, जागरणको क्षेत्रमा आश्चर्यजनक उपलब्धी प्राप्त भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले जनताको न्यायोचित सहभागिताले न्यायोचित उपलब्धी हात लागेको चर्चा गरे । कुनै पनि विचारलाई निेषेध नगरी प्रतिस्पर्धाका आधारमा अगाडि बढेको उनले बताए ।

नेपालको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गर्नु ऐतिहासिक उपलब्धी भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको मुद्दामा सिङ्गो नेपाल एक ठाउँमा रहेको प्रष्ट पारे । एनआरएनसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले नेपालको सम्पन्नतामा सहयोग गर्न संघलाई आग्रह गरे ।

गैर आवासीय नेपाली संघले उठाएको माग सरकारले पूरा गर्नेक्रममा रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले नागरिकता प्रदान गर्ने विषय पनि अघि बढिसकेको जानकारी गराए । शुभकामना मन्तव्यमा प्रधानमन्त्री ओलीले सबैको सुस्वास्थ्य र प्रगतिको कामना गरे । डेमोखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *