अमेरिकासम्म मा`र हान्न सक्ने दा`बी गरिएको उत्तर कोरियाली क्षेप्यास्त्र सार्वजनिक

ताजा समाचार

एजेन्सी- अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको ‘आइसीबीएम’ नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको छ ।

शनिबार उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिदा सार्वजनिक भएको ‘आइसीबीएम’ नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुमबर्गले जनाएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाका शासक किम जोङ उनले श`त्रुको सम्भावित ख`तराबाट जोगिन यु`द्ध क्ष`मताको सुदृढीकरण गरेको बताए ।

‘दुश्मनले आणविक खतराका साथै विभिन्न चु`नौती थपेका छन्, हामी हाम्रो यु`द्ध क्षमताको सुदृढीकरण जा`री राख्नेछौं, ताकि सबै प्रकारका जो`खिमपूर्ण प्रयासहरू र खतराहरूलाई रोक्न सकौं।’

उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको स`म्झौतालाई पालना गरे पनि अमेरिकाले सर्त पूरा नगरेको आ`रोप लगाउँदै आएको छ।

सन् २०१८ र सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक उनबीच दुई पटक शिखर वार्ता भएको थियो। ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हति`यार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन । खबर हव बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *