डा.केसीले आज अनसन तोड्दै ,मध्यरातमा भयो यस्तो सहमती,पूरा पढी प्रतिक्रिया दिदै शेयर गर्नुहोस् ।

ताजा खबर

२५ असाेज । अनशनरत डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ ।

यससँगै डा के’सीले आज (आइतबार) अनशन ताेड्नुहुने भएकाे छ । सहमतिअनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्दै हुनुहुन्छ ।

शनिबार सरकारी वार्ता टो’लीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरि’राजमणि पोखरेलसँग छलफल गरेर डा केसीसँगै ठाेस वार्ता गरेपछि सहमति जुटेको बताइएकाे छ ।

यसअघि बिहीबार र शुक्रबारका वार्ता विनानिष्कर्ष टुंगिएका थिए । सरकारले डा केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टाेली गठन गरेकाे थियाे भने डाक्टर केसी पक्षले पनि वार्ता टोली गठन गरेकाे थियाे।

२७ दिनदेखि आमरण अन’सनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार मध्यरा’तमा तेस्राेपटककाे वार्तामार्फ सहमति जुटेकाे हाे । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गर्नुभएकाे छ ।

सहमतिमा उल्लेख भएको बुँ’दाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

यसैगरी विश्वविद्यालय र प्रति’ष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र

कानूनी व्यवस्था नहुँदासम् वरिष्ठ’ता र कार्य’क्षमताका आधारमा गर्ने सहमति भएको छ । साथै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

वार्ताटाेलीमा सरकारका तर्फबा’ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र

चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा हुनुहुन्थ्याे । डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री र अधिवक्ता ओमप्रकाश अर्यालसहित चार जना सहभागी हुनुहुन्थ्याे। न्युज२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *