आफ्नो मुलुकको जनसंख्या भन्दा बढी कोरोना परीक्षण गरेर यूएईले बनायो ऐतिहासिक रेकर्ड

ताजा खबर

एजेन्सी, २५ असोज । युनाइटेड अरब इमिरेट्स यूएईले आफ्नो मुलुकको जनसंख्याभन्दा बढीको कोरोना परीक्षण गराएर ऐतिहासिक रेकर्ड राखेको छ । विश्वभर फैलिएको कोरोना महामारीले विश्वकै जनजीवन अति प्रभावित भएको छ ।

कतिपय मुलुकहरुले परीक्षणको दायरा बढाउन माग गर्दै गर्दा युएईदे भने आफ्नो मुलुकको जनसङ्ख्याभन्दा बढीको पीसीआर परीक्षण गराएको हो । दुई बर्ष अगाडीको जनसङ्ख्या हेर्ने हो भने यूएईमा ९६ लाख ३१ हजार छ ।

तर हालसम्म उसले एक करोड ३ लाख २० हजारभन्दा बढी कोरोना परीक्षण गरिसकिएको बताइएको छ। योसँगै यूएई आफ्नो मुलुकको पछिल्लो जनसङ्ख्या भन्दा बढी कोरोना परीक्षण गर्ने बिश्वकै पहिलो मुलुक बनेको छ ।न्युज२४ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *