किसानको साथमा म,र कृषि मन्त्रालय छ= मन्त्री भुसाल

अर्थ/बाणिज्य

काठमाडौँ । कृषि तथा प’शुपन्छी वि’कासमन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताउनुभएको छ ।

मन्त्रालयले किसानको तथ्याङ्क लि’ने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उहाँले यस वर्ष बन्ने योजना कि”सानको पक्षमा हुने विश्वास दिलाउनुभयो ।

चालिसौँ विश्व खाद्य दिव”सको अबसरमा कृषि मन्त्रालयअन्तर्गत कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आज राजधानीमा गरेको संयुक्त समारोहलाई सम्बोधन गर्दै उहाँले एउटा किसानको जीविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास हुनै नसक्ने दाबी गर्नुभयो ।

किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास पनि नहुने उहाँको धारणा थियो । “उत्पादित वस्तु किसानको जीवन धान्न सक्ने हुनुपर्छ”, मन्त्री भुसालले भन्नुभयो, “कृषिले जीवन धानेन भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ, यसले कृषि पेशा सुनिश्चित हुँदैन ।”

खाद्य दिवस मनाइरहँदा विश्वका धेरै मानिसहरू किन खाद्य स’ङ्कटको वरिपरि रहेका छन् भन्ने कुरा बिर्सन नहुने मन्त्री भुसालको भनाइ थियो ।दिगो कृषि प्रणाली अप”नाउन किसानको बचत सुनिश्ति गर्ने गरी मन्त्रालयको काम गरिरहेको उहाँको भनाइ छ ।

“कृृषिमा ३० वर्षसम्म विदेशीको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागू भयो, कतै राम्रो पनि भएको छ तर धेरै जसो राम्रो भएको छैन”,मन्त्री भुषालले भन्नुभयो । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जो’ड दिनुपर्ने बताउनुभयो ।

कृषिमा दिगो विकासका लागि कि”सानको वचत सुनिश्चित हुनुपर्ने उहाँले बताउनुभयो ।खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताउनुभयो ।उहाँले खाद्य सुरक्षाका लागि रा”सायनिक मल, वि’षादीलाई नियन्त्रण जरुरी रहेको बताउनुभयो ।

उहाँले कोरोनाका कारण प्रभावित भए पनि कृषि विकासका लागि यसलाई अवसरको रुपमा पनि लिनुपर्ने बताउनुभयो ।सप्ताहव्यापी रूपमा मनाइने ४०औँ विश्व खाद्य दिवस का”र्यक्रम आज”बाट विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ ।यस वर्षको नारा ‘हाम्रो पहलः दिगो कृषि, पोषि”लो आहार’ छ । दिवस विभिन्न कार्यक्रम गरी यही ३० गतेसम्म मनाइनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *