चिट चोरेर आठ कक्षा पास गर्नेहरु र १० कक्षामा फेल भएकाहरुले हामीलाई भ्र`ष्टाचारी भन्ने ?,,,,हेर्नुहोस् ।

ताजा खबर

काठमाडौँ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू र आफ्नी पत्नी माथि बेकार भ्र`ष्टाचारको आ,रोप लगाइने गरेको बताएका छन्। केहि दिन अगाडी गृहजिल्ला गोरखा पुगेका बेला भट्टराईले आफू र आफ्नी पत्नी माथि बेकार भ्र`ष्टाचारको आ`रोप लगाइने गरेको बताएका हुन्।

प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्र`चण्ड जस्ता भ्र`ष्ट व्यक्तिहरुले आफू माथि भ्र`ष्टाचारको आ`रोप लगाउन नसुहाउने उनले बताए।

‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अ`लपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा। प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन्। चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दु`र्दशा भएको हो।’

केहि उपाय नलागेपछि आफूलाई छाडेर हिसिला यमी माथि भ्रष्टा`चारको आ`रोप लगाइने गरेको भट्टराईको भनाई छ। हि`सिला सम्पन्न परिवारबाट रहेको हुँदा उनले भ्र`ष्टाचार गर्नुपर्ने अवस्था नहुने उनले जिकिर गरे।

‘दाइलाई सकिन भाउजीलाई भन्या जस्तो केहि नपाएर हिसिलाको बद्नाम गर्न खोजे’,उनले भने,’हिसला आफैं सम्पन्न परिवारकी मान्छे। सँगै इन्जिनियर, नक्सा कोरेरै पुग्छ। किन भ्र`ष्टाचार गर्नुपर्यो। चिट चोरेर आठ कक्षा पास गर्नेहरु र १० कक्षामा फेल भएकाहरुले हामीलाई भ्र`ष्टाचारी भन्ने? खबर पत्रीका बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *