चिप्लीएका बाबुरामलाई कांग्रेसले भन्यो, ‘बूढीगण्डकीबारे देउवामाथि लगाएको भ्र`ष्टाचारको आ`रोप पुष्टि गर्नुस्’

ताजा समाचार

काठमाण्डौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराईको अभिव्यक्तिमाथि गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको छ ।

गोरखा आएका डा.भट्टराईले कार्यकताहरुको भेलामा बूढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापतिसमेतको संलग्नता रहेको भनेर गएको शुक्रबार बोलेका थिए ।

डा.भट्टराईले कार्यक्रममा बूढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण आफु संग रहेको र प्रमाण दिनसमेत तयार भएको बताएका थिए ।

भट्टराईको यो भनाइप्रति आ`पत्ति जनाउँदै कांग्रेसले आज (आइतबार) प्रेस विज्ञप्ति निकाल्दै त्यो आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

वर्तमान सरकार बनेपछि बूढीगण्डकी परियोजना एक विवा`दास्पद विदेशी कम्पनीलाई सुम्पिन तयार भएकोप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा नै क`डा वि´रोध गर्दै आएको आज जारी बिज्ञप्तीमा भनिएको छ ।

बुढीगण्डकीबारे गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौ`द्धिकता देखिने भ्रममा डा.भट्टराई परेको भन्दै हलुका टिप्पणीहरुलाई प्र`ष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा नभएको विज्ञप्तिमा भनिएको छ ।

तर देशको प्रधानमन्त्री जस्तो उच्च दा`यित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्र`तापूर्वक चु`नौती दिनु आफ्नो कर्तव्य हुने कांग्रेसले जनाएको छ ।

ुराजनीतिको प्रतिष्ठा न त भ्र`ष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ, तथ्यको जगमा सत्यको खोजी नगरि केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक ला`भ हुन सक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ विज्ञप्तिमा भनिएको छ । गोर्खा समाचार बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *