कोभिड – १९ सामान्य होइन, हल्का ढङ्गले नलिउँ – प्रवक्ता ज्ञवाली

मुख्य समाचार

काठमाडौं, असोज २५ गते । परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विश्वको १० लाख ५० हजार बढी मान्छेको ज्यान लिने को`रोना रोग सामान्य नभएकाले यसको उच्च सतर्कतामा रत्तिभर कमजोरी नगर्न सर्वसाधारण सबैमा आग्रह गर्नुभएको छ । आइतबार सञ्चार तथा प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो आ`ग्रह गर्नुभएकाे हाे ।

“कोभिड १९ सामान्य हुँदै होइन, यसलाई हल्का ढ`ङ्गले नलिउँ” उहाँले भन्नुभयो । महामारीवि`रुद्धको लडाईंमा काठमाडौं उपत्यका पछाडि परेको भन्दै मन्त्री ज्ञवालीले बाँके, कपिलवस्तु र उदयपुरबाट काठमाडौंले सिक्नुपर्ने बताउनुभयो । कोभिड १९ संक्र`मणको ६० प्रति`शत विरामी काठमाडौं उपत्यकामा भएकाले यसले ठूलो चुनौ`ति खडा गरेको बताउनुहुँदै प्रवक्ता ज्ञवालीले उपचार क्षम`तालाई सरकारले बढाउँदै लगे पनि नागरिकको सचेत`ना अनिवार्य भएको बताउनुभयो ।

चाडपर्व नजिकै आए पनि अरुबेलाको जस्तो उल्लासमय ढ`ङ्गले मनाउने समय नभएकाले सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीले ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष ख्याल गर्न पनि सबैमा आ`ग्रह गर्नुभयो ।

राजनीतिक नियु`क्ति

प्रवक्ता ज्ञवालीका अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सचिव (राजस्वतर्फ) रामशरण पुडासैनीलाई तोक्ने निर्णय गरेको छ । गत बिहीबार असोज २२ गते मन्त्रिपरिषदको पछिल्लो बैठक बसेको थियो । तयारी मदिराको पैठारीको बन्देज हटाउने, अमेरिकी डलर ५० हजार डलरभन्दा बढी मूल्यको सवारी साधन ल्याउन फुकुवा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार राष्ट्रिय खेलकुद परिषदको सदस्यमा हरि खड्का (झापा), मानदेव हजारा (पर्सा), सुरेन्द्रविक्रम लाखे (ललितपुर), राजेशकुमार गुरुङ (कास्की), सुमित्रा चौधरी (वर्दिया), नन्द बस्याल (सुर्खेत), एकेन्द्र कुँवर (अछाम), चन्द्र राई (भोजपुर) र मोहमद सागर सेख (पर्सा) लाई परिषदमा मनोनयन गर्ने निर्णय सरकारले गरेको छ । लुम्बिनी विकास कोसको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियु`क्त गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

त्यस्तै, नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेललाई नियु`क्त गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा. वशिष्ठ प्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । सोहीअनुसार सिंहदरवार वैद्यखाना विकास समितिको अध्यक्षमा डा. बाबुराजा अमात्यलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै, औषधि परामर्श परिषदको सदस्यहरुमा प्रा.डा. संगरत्न बज्राचार्य (काठमाडौं), बाबुराम हुमागाईं (काभ्रे) र दिपकप्रसाद दाहाल (धनुषा)लाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्रा. डा. देवबहादुर रोका क्षेत्रीलाई मनोनयन गर्ने निर्णय सरकारले गरेको छ । सोहीअनुसार राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव भरतराज पौडेललाई राजपत्राङ्ति विशिष्ट श्रेणीको पदमा बढुवा गरी परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । गोर्खापत्र अन्लाईन बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *