गणेश भगवानको दर्शन गरि असोज २७ गते मंगलबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!गणेश भगवानले हामी सबैको रक्षा गरुन

राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिनभर शारीरिक र मानसिक थकान महसुस गर्नुहुनेछ। कडा मेहनत पश्चात पनि कम सफलता निराशाको भावना पैदा गर्न सक्छ। कार्य व्यस्तताको कारण परिवारलाई ध्यान दिन सक्नुहुन्न। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रत्येक कार्य पूर्ण विश्वास र मनोबलको साथ गर्ने उत्साह बढ्नेछ र सफलता पनि प्राप्त हुनेछ। तपाईंले बुबाको पक्षबाट कुनै लाभ प्राप्त गर्नुहुनेछ। तपाईंले बुबाको पक्षबाट कुनै लाभ प्राप्त गर्नुहुनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। कला तथा खेल क्षेत्रमा रुचि बढ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। व्यापार व्यवसाय गर्नेले सरकारबाट लाभ प्राप्त गर्ने सम्भावना छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीको भरपूर साथ सहयोग मिल्नेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। लामो यात्राको योग बन्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। नतिजा स्वरूप मनमा नकारात्मक विचारहरू उत्पन्न हुनसक्छन्। परिवारमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल नरहला। खर्चमा वृद्धि हुनेछ। अनैतिक कार्य गर्नबाट बच्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको मनोबल तथा आत्मविश्वास बढ्नेछ। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। बुबा र अभिभावकहरूको सहयोग प्राप्त हुनेछ। क्रोध तथा वाणीमा संयम राख्नुहोला। वैवाहिक जीवनमा सद्भाव रहनेछ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक अस्वस्थताको साथै मानसिक चिन्ताहरू बढ्नेछ। आँखा सम्बन्धि समस्याले सताउन सक्छ। परिवारका सदस्यहरु मनमुटाव हुनेछ। आकस्मिक धन खर्च हुनेछ। वाणीमा संयम राख्न जरूरी देखिन्छ, अन्यथा बनेको काम पनि बिग्रन सक्छ। कार्यक्षेत्रमा परिस्थति सोचे जस्तो अनुकूल नरहला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। साथीहरूसँग भेटघाट, रमाईलो ठाउँहरूमा प्रवास यात्राको आयोजन हुनसक्छ। गृहस्थ जीवनमा सुख-शान्तिको अनुभव गर्नुहुनेछ। आयमा वृद्धि हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रिय व्यक्तिसँग भेट हुनाले मन प्रशन्न रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईका प्रत्येक कार्यहरू सहजै सम्पन्न हुनेछन्। परिवारमा आनन्दमय वातावरण रहनेछ। मान-प्रतिष्ठा बढ्नेछ। रोजगार तथा व्यवसायमा प्रगति हुनेछ। उच्च अधिकारीहरु तथा अग्रजबाट लाभ मिल्ने सम्भावना छ। शारीरिक स्वास्थ्य राम्रो रहनेछ। साथी-भाई तथा प्रियजनहरुबाट फाइदा मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

स्वास्थ्यमा समस्या आउनसक्छ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। सन्तान सम्बन्धि विषयले मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको क्रोधको शिकार हुनुपर्नेछ। अनावश्यक वाद-विवादमा पर्नुहोला। परिवारमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। स्वास्थ्य, यात्रा वा व्यापार गतिविधिहरूमा खर्च हुनेछ। साझेदारहरुसँग मतभेद हुनेछ। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। वाणीमा संयम राख्नुहोला। नयाँ सम्बन्ध स्थापना गर्दा सावधान रहनुहोस्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। रमणीय यात्राको योग बन्ने देखिन्छ। स्वादिष्ट एवम उत्तम भोजन तथा नयाँ वस्त्र पाएर तपाईं प्रशन्न रहनुहुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। दाम्पत्य जीवनमा उत्तम वैवाहिक सुखको अनुभूति हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

घरमा सुख-शान्तिपूर्ण वातावरण कायम रहनेछ। तपाईं आत्मविश्वासपूर्वक आफ्नो दैनिक कार्यहरू गर्न सक्षम हुनुहुनेछ। स्वाभाविक उग्रता र वाणीमा संयम राख्नुहोला। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर साथ सहयोग मिल्नेछ। कंचनजनघा न्युजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *